काठमाडौ / असोज ७ गते, सोमबार, एभरेष्ट बैंक लिमिटेड (EBL) को लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो। बैंकले साधारण सभा र लाभांश वितरणको लागि भोली असोज ८ गतेदेखि बुकक्लोज गर्ने तयारीमा छ। यसअनुसार, आजभित्र नेप्सेमा किनबेच भइ कायम भएका शेयरधनीहरुले बैंकको साधारण सभामा उपस्थित भई लाभांश प्राप्त गर्न सक्नेछन्।
बैंकले आफ्नो ३० औं वार्षिक साधारण सभा असोज २० गते आइतबार, काठमाडौँको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा बिहान ११ बजे आह्वान गरेको छ। सभामा बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ५.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ।
शेयरधनीहरुले सभामा सहभागी भई बैंकको आगामी योजना र रणनीतिमा सक्रिय योगदान दिन पाउनेछन्।







