काठमाडौ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई संवादका लागि प्रस्ताव गरेका छन्। लामिछानेले सहकारीको बचत रकम ठगी प्रकरणमा एक सञ्चालकको पक्राउपछि प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमार्फत संवाद गर्न आह्वान गरेका हुन्।
गोरखा मिडिया प्रालिका एक सञ्चालकको पक्राउपछि प्रहरीको गतिविधिबारे चिन्तित हुँदै लामिछानेले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै लेखे, “न्युयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू। फर्केर आउनूस्। बसेर कुरा गरौँ।” उनले सहकारी पीडितलाई न्याय दिलाउन संवादको आवश्यकता रहेको बताए।उनले थप भने, “सहकारी पीडितलाई न्याय दिने नियत भए म रुम मिलाउँछु, बिचौलियाको घर चाहिन्न। बाँकी भोलि…।”
सहकारी प्रकरणमा दोषी देखिएपछि प्रहरीद्वारा पक्राउ गरिने भने पछि हिजो दिनभर जसो रास्वपाको कार्यालयमा कार्यकर्ताको व्यापक भेट भएको थियो भने रास्व्पाका नेताहरू विदेशमा रहेकाहरू समेत हतारमा नेपाल फर्किन बाध्य भएको थियो।







