काठमाडौं, — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले विमानस्थल र त्यस आसपासका क्षेत्रमा चङ्गा, ड्रोन, र बेलुन उडाउने कार्यलाई निषेध गरेको छ। विमानस्थलले एक सूचना जारी गर्दै विमानको उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भएकाले यस किसिमका गतिविधि नगर्न अनुरोध गरेको छ।

विमानस्थल प्रशासनका अनुसार चङ्गा, ड्रोन, र बेलुन उडाउँदा उडान तथा अवतरणका क्रममा विमानलाई जोखिम पर्ने सम्भावना अत्यधिक हुन्छ। विशेषगरी, यस्ता वस्तुहरू आकस्मिक रुपमा विमानको मार्गमा प्रवेश गर्न सक्ने हुँदा उडान सुरक्षामा गम्भीर असर पार्न सक्ने बताइएको छ।

यसअघि पनि चङ्गा तथा ड्रोन उडाउने क्रियाकलापले उडानमा अवरोध पुर्याएको उदाहरणहरू रहेका कारण प्रशासनले यो कदम चालेको हो। विमानस्थल प्रशासनले स्थानीयबासी तथा यात्रुहरूलाई पनि यसबारे जानकारी राख्न आग्रह गर्दै उडान सुरक्षामा योगदान पुर्याउन अपिल गरेको छ।

नागरिक उड्डयन कार्यालयले उल्लङ्घन गर्नेहरूलाई कानुनी कारबाही गरिने चेतावनी पनि दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय