नेपाली फिल्म ‘बेहुली फ्रम मेघौली’ले छोरीका लागि योग्य वर खोज्न परिवारले गरेको संघर्षलाई हास्य शैलीमा प्रस्तुत गरिएको एक चलचित्र हो। यसै क्रममा, यही असोज १७ गते घटस्थापनाको अवसरमा प्रदर्शनको तयारीमा रहेको फिल्मको ‘छड्के सलाम’ गीत यतिबेला निकै चर्चित बनेको छ। टिजर र ट्रेलरले राम्रो आकर्षण सिर्जना गरिरहेको कारण विदेशमा फिल्मको माग चुलिएको छ। धमाधम विदेश राइट्स बिक्री भइरहेका छन्। यसैबीच, नेपाली फिल्मको ठूलो बजार मानिने संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, क्यानाडा, युरोप तथा मध्यपूर्वका देशहरूमा पनि फिल्मको माग आएको जानकारी प्राप्त भएको छ। ती मुलुकहरूमा धेरै नेपाली जमात रहेको हुनाले पनि फिल्मको राइट खरिद गर्न धेरै डिस्ट्रिब्युटर इच्छुक रहेको बुझिन्छ।

फिल्मको अमेरिका प्रदर्शन अधिकार नेपसिने, हिमालीफाई, खड्का ग्रुप, नेपाल इन्टरटेनमेन्ट र ब्लुम एण्ड कम्पनीले खरिद गरेका छन्। घटस्थापनाबाटै डलास, बोस्टन, न्युयोर्क र सान फ्रान्सिस्कोमा फिल्म रिलिज गरिने जानकारी दिइएको छ। अष्ट्रेलिया, युरोप तथा मध्यपूर्वका देशहरुका लागि पनि छलफल भइरहेको निर्माण पक्षले बताएका छन्।

साजन काफ्ले र आकाश बरालको लेखन र निर्देशनमा बनेको यस फिल्ममा स्वस्तिमा खड्का, निश्चल बस्नेत, बसुन्धरा भुषाल, सिम्रन खड्का, विजय बराल, लोकेन्द्र लेखक, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर र रक्षा थापालगायतका कलाकारहरूको अभिनय छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय