गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ अवस्थित चिनारी साकोसको आयोजनामा, उत्तर वाहिनी बोर्डिङ्ग स्कुल र चिनारी नेपालको प्राविधिक सहयोगमा जेष्ठ नागरिक सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमले समाजका जेष्ठ नागरिकहरूको सम्मान गर्दै उनीहरूको योगदानको कदर गरिएको थियोे ।
उक्त सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि, र अन्य अतिथि लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। जेष्ठ नागरिकहरूको सम्मान गरिँदै,जेष्ठनागरिकहरूलाई सम्मानपत्र वितरण गरिएको हो । साथै, कार्यक्रमको दौरान महान पर्व बडादशैको शुभकामना आदान प्रदान पनि गर्दै उपस्थित सबैले एक-अर्कालाई चाडपर्वको शुभकामना साटासाट समेत गरिएको थियोे ।
चिनारी साकोसका तर्फबाट आयोजकहरूले प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरू, सहभागी जेष्ठ नागरिकहरू, र सम्पूर्ण शेयर सदस्यहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्। कार्यक्रमले समाजमा जेष्ठ नागरिकहरूको भूमिका र योगदानलाई अझ बढी सम्मानित बनाउने प्रयास गरेको आयोजकले बताएका छन्।







