प्रेस काउन्सिल नेपालले तीनवटा अनलाइन सञ्चार माध्यमलाई कालोसूचीमा राख्ने र ४३ वटा युट्युब च्यानललाई कारबाहीका लागि प्रहरीमा सिफारिस गरेको छ। पत्रकार आचारसंहिता विपरीत कार्य गरिएको उजुरीका आधारमा यो कदम चालिएको हो। प्रेस काउन्सिल नेपालले पत्रकारिताको मूल्य, मान्यता र आचारसंहिताको पालना गराउने उद्देश्यले नियमित अनुगमन गर्दै आएको छ।

मिति २०८० साल १२ गते २० गते बसेको बैठकमा पारित युट्युब च्यानल व्यवस्थापन, सूचीकरण तथा अभिलेखीकरण सम्बन्धी कार्यविधि अनुसार अनुगमन गर्दै आएको काउन्सिलले युट्युब च्यानलहरुको अभिमुखीकरण पनि गरिरहेको छ। यस क्रममा हिंसा, आतंकलाई प्रोत्साहन गर्ने, निराधार अफवाह फैलाउने, अतिरञ्जित तथा भ्रम फैलाउने सामग्रीहरु प्रसारित गर्ने र अश्लील सामग्री सम्प्रेषण गर्ने च्यानलहरुमाथि विशेष कारबाही गरिएको हो।

प्रेस काउन्सिलले पत्रकारिता गर्ने माध्यमहरुलाई जिम्मेवार बनाउँदै, गलत सूचना फैलाउने र जनमानसमा त्रास सिर्जना गर्ने कार्य रोक्न आफ्नो भूमिकालाई बलियो बनाउँदै आएको छ। यस घटनाले मिडियाको जिम्मेवारीपूर्ण कार्य सञ्चालनको महत्वलाई पनि उजागर गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय