बुढानीलकण्ठ नगरपालिका वडा नं ३ स्थित नारायणस्थानमा डेरा गरी बस्दै आएका र आत्मा विकास आधारभूत विद्यालयमा कक्षा २ मा अध्ययनरत दुई छात्र, ७ वर्षीय पासाङ तामाङ र ८ वर्षीय आर्यन तामाङ, असोज १९ गते, शनिबारदेखि हराइरहेका छन्। परिवारजनले छात्रहरु नियमित समयमा घर नफर्किएपछि खोजतलास सुरु गरेका थिए, तर हालसम्म उनीहरुको कुनै खबर प्राप्त भएको छैन।

छात्रहरु हराएको जानकारीपछि स्थानीय प्रहरीलाई सूचित गरिएको छ, र उनीहरुको खोजी कार्य जारी छ। परिवारले छोराहरुको अवस्थाबारे कुनै जानकारी प्राप्त भएमा वा फेला परेमा नजिकैको प्रहरी चौकीमा सम्पर्क गर्न वा तल उल्लेखित फोन नम्बरमा सम्पर्क गर्न अनुरोध गरेका छन्।

सम्पर्क नम्बर:
९८४९१८४६८५

परिवारले सबैको सहयोगको अपेक्षा गर्दै विद्यार्थीहरुको छिटो फेला पर्ने आशा व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय