नेपालमा ओटीटी प्लेटफर्महरूको लोकप्रियता तीव्र गतिमा चर्चा बढ्दैछ। जस्तै नेट्फिल्कस ,एमेजन प्राइम भिडियो र डिज्नी पल्स जस्ता अन्तर्राष्ट्रिय सेवाहरूले दर्शकहरूलाई सजिलो तरिकाले मनोरञ्जन सामग्री उपलब्ध गराउँछन्। यी प्लेटफर्महरू इन्टरनेटको माध्यमबाट प्रयोग गर्न सकिने भएकाले, दर्शकहरूले आफैँको समय र स्थान अनुसार फिल्म, वेब सिरिज, र टिभी शोहरू हेर्न सक्छन्। यसले नेपाली फिल्म उद्योगका निर्माताहरूलाई पनि ध्यान दिन बाध्य बनाएको छ।
पछिल्लो समय, सिनेमा हलहरूले राम्रो अकुपेन्सी हुँदाहुँदै पनि केही फिल्महरूले शो पाउन कठिनाइ भोग्न थालेपछि, निर्माण पक्षले ओटीटीलाई हलको वैकल्पिक उपायको रूपमा विचार गर्न थालेका छन्। निर्माण लागत र दर्शकहरूको रुचिलाई ध्यानमा राख्दै अब निर्माता र निर्देशकहरूले ओटीटी प्लेटफर्महरूलाई पनि प्राथमिकतामा राखेर काम गर्न थाल्नुपर्ने बहस सुरु भएको छ ।
नेपाली फिल्म निर्माता निश्चल बस्नेतले आफ्नो फिल्म “बेहुली फ्रम मेघौली” का उदाहरण दिँदै भनेका छन्, “अब नयाँ सिनेमा बनाउँदा पनि ओटीटीलाई प्राथमिकता दिएर रिलिज गर्छु। यसको लागि भरपर्दो ओटीटी प्लेटफर्म चाहिन्छ।” यसले देखाउँछ कि ओटीटी प्लेटफर्महरू अब केवल विकल्प मात्र नभई, नेपाली फिल्म उद्योगको लागि अत्यावश्यक माध्यम बन्नेछ।
निश्चलको भनाइबाट स्पष्ट हुन्छ कि वर्तमान समयमा सिनेमा हल मात्र फिल्म रिलिज एवं प्रदर्सनका माध्यम होइन। अब निर्माता-निर्देशकहरूले ओटीटीका सम्भावनाहरूलाई थप गम्भीरतापूर्वक लिइरहेका छन्। दर्शकहरूले ओटीटीमा सजिलै पहुँच गर्न सक्छन्, जसले गर्दा फिल्महरूको वैश्विक स्तरमा पहुँच पनि वृद्धि भएको छ। यसले नेपाली फिल्म निर्माणको पारम्परिक प्रक्रियामा ठूलो परिवर्तन ल्याउने देखिन्छ।
वास्तवमै नेपाली चलचित्र लगायत गितसङ्गित पनि उत्कृष्ट बन्न सक्छ भनी पछिल्ला दिनहरुमा निर्माण भएका केही उदाहरणहरु पनि छन ।नेपाली गितसङ्गित युट्युब भित्र ग्लोबल ट्रेन्डमा पर्न सफल भएको र अन्तरास्ट्रिय अवार्ड लिन सफल भएको साम्वाला यसका ज्वलन्त उदाहरणहरु हुन । बलिउडमा पुष्पा २ रिलिज हुनुभन्दा अगाडि नै दुईसय करोडमा नेटफिल्कसले राइटस खरिद गरेको समाचार अझै ताजा नै छ त्यसैले पनि अब नेपालमा ओटीटी प्लेटफर्महरूको चर्चा हुनु र भोलीको दिनमा यो ट्रेन्ड नबन्ला भन्न सकिँदैन।
निर्माताहरूले आफ्नो फिल्मलाई अधिकतम दर्शकसम्म पुर्याउनका लागि ओटीटी प्लेटफर्महरूलाई उत्तम विकल्पका रूपमा देख्न थालेका छन्।







