राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आज संसद् भवन बानेश्वरबाट पार्टी उपसभापति डीपी अर्यालको गाडीमा बाहिरिएको दृश्यले राजनीतिक हलचल बढाएको छ। विपक्षी दलहरूको बैठकमा सहभागी भएका लामिछाने आफ्नो गाडी प्रयोग नगरी अर्यालको गाडीमा सवार भएर संसद् भवन छोडेका थिए।

पक्राउ गरिन लागेको  खबरका बीच लामिछानेले अर्यालको गाडी प्रयोग गरेका हुन्। सहकारी प्रकरणमा सरकार लामिछानेलाई पक्राउ गर्न लागिएको चर्चा व्यापक बनेको छ, जसका कारण उनलाई तत्काल पक्राउ गरिने आशंका गरिएको छ।

संसद् भवनबाट बाहिरिएलगत्तै लामिछाने पार्टी कार्यालय वनस्थली निस्किएको श्रोतको दावी छ  जहाँ उनलाई समर्थन गर्न नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति देखियो। विशेष गरी, लामिछानेलाई पक्राउ गर्न लागेको समाचार बाहिरिएपछि उनका समर्थकहरू पार्टी कार्यालयमा ठूलो संख्यामा भेला भएका छन्।

आज विपक्षी दलहरूको बैठक सकिएसँगै उनी पार्टी कार्यालय गएका थिए। हाल रास्वपा पार्टी कार्यालयमा लामिछानेको गिरफ्तारीको विषयले नेता तथा कार्यकर्ताहरूमा गहिरो चिन्ता पैदा गरेको छ, र घटनाको आगामी विकासक्रमप्रति सबैको ध्यान केन्द्रित छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय