नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले हालै सामाजिक संजालमा अन्य दलका नेताहरू र कार्यकर्ताहरूले एमालेको भविष्यबारे चिन्ता व्यक्त गरिरहेकोमा कटाक्ष गरेका छन्। पोखरेलले भने, “राजनीति गर्नेहरूले आफ्नो पार्टीको सुधारमा ध्यान दिनु पर्ने हो, तर अहिले देखिएको प्रवृत्ति भने एमालेको गतिविधि र निर्णयहरूको आलोचना गर्नमै सीमित भएको छ।”

उनले एमालेले के कसरी अघि बढ्ने भन्ने निर्णय नेकपा(एमाले)का नेता, कार्यकर्ता र समर्थकले गर्ने कुरा उल्लेख गर्दै भने, “नेकपा(एमाले)लाई कसरी बनाउने भन्ने कुरा एमालेजनलाई नै छोडिदिनुपर्छ। जनता के चाहन्छन् र राष्ट्रको आवश्यकता के हो भन्ने कुरा एमालेलाई राम्रोसँग थाहा छ।”

पोखरेलका अनुसार एमाले आफ्नो ध्यान भविष्यमा केन्द्रित गरेर बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्न लागिपरेको छ। उनले जोड दिँदै भने कि सामाजिक संजालमा हुने चर्चा वा आलोचनाले कुनै पार्टीको शक्ति मापन नगर्ने, बरु आवधिक निर्वाचनले मात्र वास्तविक परीक्षण गर्ने बताए।

उनले अन्त्यमा एमाले  आवधिक निर्वाचनको तयारीमा रहेको र आफ्नो भूमिका बलियो बनाउन तत्पर रहेको कुरा स्पष्ट पारे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय