काठमाडौं, असार १८ – लोकप्रिय गायिका एलिना चौहानले सामाजिक सञ्जालमा भइरहेको चरित्र हत्या र अनावश्यक ट्रोलिङविरुद्ध आवाज उठाउँदै भावुक अपिल गरेकी छन्।

उनले सामाजिक सञ्जालमा लेखेकी छन् –
“Yo ladai mero matra haina… charitra hatya garne adhikar kasailai xaina… sath dinu hola sabai le 🙏🏾🙏🏾🙏🏾🙏🏾”

चौहानले सामाजिक सञ्जालमा भइरहेको गालीगलौज र मानसिक दबाब सहन नसकी साइबर ब्युरोमा समेत उजुरी दिएकी छन्। यसअघि उनले गृहमन्त्रीसँग पनि भेटेर साइबर दुरुपयोग रोक्न आग्रह गरिसकेकी छन्।

उनले सबैलाई सहकार्य र समर्थनको अपिल गर्दै भनेकी छन् –
“हामी सबैको इज्जत छ। कसैले नि कसैको मानमर्दन गर्न पाउँदैन। यो लडाइँ सबै महिलाहरूको पनि हो, जसलाई बोल्न डर लाग्छ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय