काठमाडौँ — पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले आज राति ९ बजे अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा शपथ लिने भएकी छन्। राष्ट्रपतिको प्रेस सल्लाहकारका अनुसार, राष्ट्रपति कार्यालयले शपथ समारोहका सबै तयारी पूरा गरिसकेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलनरत जेन–जी समूहसँग सहमति जुटाएसँगै मुलुक लामो समयदेखिको सरकारविहीन अवस्थाबाट बाहिरिने भएको हो। उक्त सहमति अनुसार संसद् विघटन, सङ्कटकाल घोषणा लगायतका संवेदनशील विषयहरूलाई अगाडि बढाउने तयारी गरिएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।

कार्कीको नेतृत्वमा बन्ने अन्तरिम सरकारको मुख्य कार्यभार आगामी संविधान संशोधन, निर्वाचनको तयारी र शान्ति प्रक्रिया टुंग्याउनु रहेको बताइएको छ।

राष्ट्रपति कार्यालयले औपचारिक सूचना जारी नगरे पनि आन्तरिक स्रोतहरूका अनुसार, शपथपछि राष्ट्रपतिको सिफारिसमा प्रतिनिधि सभा विघटनसमेत छिट्टै हुने सम्भावना रहेको छ।

नेपालको इतिहासमै पहिलो महिला प्रधानन्यायाधीश रहेकी सुशीला कार्की अब अन्तरिम सरकारको नेतृत्व गर्ने पहिलो महिला प्रधानमन्त्रीसमेत बन्नेछिन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय