काठमाडौं, कात्तिक —
कलाकार निश्चल बस्नेत जेन्जी आन्दोलनलाई उक्साए र सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको आरोपमा अहिले सामाजिक सञ्जालमा व्यापक विरोधको सामना गरिरहेका छन्। आन्दोलनका क्रममा विभिन्न आन्दोलनकारीहरूसँग बस्दै खिचिएका उनका तस्बिरहरू सार्वजनिक भएपछि उनीमाथि तीव्र प्रतिक्रिया आएको हो।

भर्खरै “जेन्जीको सरकार” भनिएको प्रधानमन्त्री सुशीला कार्कीलाई भेटघाटको क्रममा कलाकारहरूको समूहमा पनि निश्चल देखिएपछि  विवाद झन् चर्किएको छ। आलोचकहरूले कलाकारलाई “समाजको ऐना” बताउँदै देश अस्थिर बनाउने आन्दोलनमा समर्थन जनाउनु गलत र गैरजिम्मेवार व्यवहार भएको टिप्पणी गरेका छन्। केही कानुनी विज्ञहरूले समेत यसलाई ‘उक्साउने गतिविधि’ मा सहभागी भएको मानी उनीमाथि मुद्दा दायर हुन सक्ने संकेत गरेका छन्।

यसैबीच, सामाजिक अभियन्ता युवराज सफलले सामाजिक सञ्जालमार्फत निश्चलमाथि तीव्र प्रहार गर्दै लेखेका छन्,

“संसद भवन जलाउन पुगेका लुसिफरका साथी निश्चल बस्नेत अहिले मन्त्री बन्ने दाउमा छन्। यस्ता विध्वंसकारी कुलङ्गारहरूले अभिनय गर्ने चलचित्र बहिष्कार गरौं।”

सामाजिक सञ्जालमा निश्चलविरुद्ध बोइकट  ट्रेन्डिङ समेत चलेको सामाजिक संजालमा देख्न सक्छौ भने केही दर्शकहरूले उनको पछिल्लो फिल्मलाई समेत बहिष्कार गर्ने चेतावनी दिएका छन्।विवाद बढ्दै जाँदा निश्चल बस्नेतको आगामी परियोजना र उनको सार्वजनिक छविमा यसको प्रत्यक्ष असर पर्ने सम्भावना देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय