काठमाडाैँ । बुढानीलकण्ठ नगरपालिकाले दीर्घकालीन योजनाअन्तर्गत अघि बढाएको ‘नगर गौरव योजना’ भित्र पर्ने नगरस्तरिय बस पार्क ( सिटि बसपार्क ) निर्माणको प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। वडा नं. २ को भङालस्थित निर्धारित स्थानमा बसपार्क निर्माण कार्यको विधिवत् रूपमा सिलान्यास सम्पन्न गरिएको छ।
सिलान्याससँगै, निर्माण कार्यका लागि बोलपत्र आव्हानसम्बन्धी अत्यन्तै जरुरी सूचना नगरपालिका कार्यालयले सार्वजनिक गरेको छ। अब ठेक्का प्रक्रियामार्फत आधुनिक संरचना, व्यवस्थापन र आवश्यक पूर्वाधार निर्माणका लागि प्रतिस्पर्धात्मक बोलपत्र आमन्त्रण गरिएको जारी सुचनामा उल्लेख गरिएको छ।
सो नगरस्नतरिय बसपार्क निर्माणले नगर तथा स्थानीय आर्थिक गतिविधि प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याउने अपेक्षा गरिएको छ।भौगोलिक रूपमा र नगरको सार्बजनिक जग्गा रहेको हुनाले उपयुक्त मानिएको भङाल क्षेत्रलाई नगरस्तरिय बसपार्कका लागि छानिएको हो। निर्माण सम्पन्न भएपछि यो बसपार्क बुढानीलकण्ठ नगरका सबै वडालाई प्रभावकारी रूपमा जोड्ने रणनीतिक केन्द्रका रूपमा विकास गरिने बताइएको छ।
नगर प्रमुख तथा सम्बन्धित प्राविधिक शाखाले परियोजना नगरको दीर्घकालीन विकास नीतिसँग मेल खाने गरी यथाशीघ्र सम्पन्न गर्न प्रतिबद्धता व्यक्त गरेका छन्।बोलपत्रसम्बन्धी विस्तृत विवरण नगरपालिका कार्यालय तथा वेबसाइटमार्फत अवलोकन गर्न सकिने व्यवस्था मिलाइएको छ।
नगरस्तरीय बसपार्क निर्माण उक्त शिलान्यास कार्यक्रममा को लागि मेयर मिठाराम अधिकारी बागमती प्रदेशका मन्त्री जयराम थापा बूढानीलकण्ठ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजेन्द्र श्रेष्ठ लगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।








