एनआरएनए नागायो ले जापानमा बसोबास गर्ने नेपालीहरूलाई लक्षित गर्दै आगामी अप्रिल ४ देखि ७ तारिखसम्म चौथो नागोया घुम्ती सेवा सञ्चालन गर्ने भएको छ। यसपटक सेवा विगतका कार्यक्रमहरूभन्दा अझ व्यवस्थित ढंगले सञ्चालन गर्ने तयारी गरिएको आयोजकले जनाएको छ।
सेवाका विषयमा धेरै व्यक्तिहरूबाट फोन र सन्देशमार्फत सोधपुछ भइरहेको बताउँदै आयोजकले सार्वजनिक गरिएको सूचनालाई ध्यानपूर्वक पढेर मात्र नबुझेका विषयमा जानकारी लिन अनुरोध गरेको छ।
सेवा लिन चाहनेहरूले पासपोर्टका लागि प्रि–इनरोलमेन्ट (Pre-enrollment) फारम अनलाइनमार्फत भर्नुपर्नेछ। फारम https://emrtds.nepalpassport.gov.np/ लिंकबाट भर्न सकिनेछ। साथै Nepal ePassport एप डाउनलोड गरेर पनि विवरण भर्न सकिने व्यवस्था गरिएको भन्दै जापान अवस्थित एनआरएनको आधिकारिक सामाजिक संजालमा उल्लेख गरिएको हो।
कार्यक्रम Nagoya International Center मा सञ्चालन हुनेछ।
ठेगाना: 名古屋市中村区那古野一丁目47-1 名古屋国際センタービル
सेवा सञ्चालन हुने समय बिहान ९:३० बजेदेखि साँझ ५:०० बजेसम्म रहनेछ।
आयोजकका अनुसार उक्त घुम्ती सेवाबाट जापानको नागोया आसपास बसोबास गर्ने नेपालीहरूले पासपोर्टसम्बन्धी सेवा सहज रूपमा प्राप्त गर्न सक्नेछन्।








