साउन,२७ काठमाडौ /बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ४ अवस्थित क्वाटोलमा श्री मदन आश्रित आदर्श आधारभुत बिधालयको ४ कोठाको भवन शिलान्यास कार्यक्रम सम्पन भएको छ।

आज भएको उक्त शिलान्यास कार्यक्रममा जिल्ला आयोजना कार्यन्वयन इकाई शिक्षा बाट प्राप्त भएको
चारकोठे भवन निर्माण हुन लागेको जानकारी दिएको हो । 

कार्यक्रममा मन्तव्य राखने क्रममा जिल्ला आयोजना कार्यन्वयन इकाई शिक्षाको तर्फबाट अर्जुन रायमाझी ले शुभकामना व्यक्त गर्दै कार्यक्रमको औपचारिक शुरूवात भएको थियोे भने बुढानिलकण्ठ नगरपालिका प्रमुख उद्बबप्रसाद खरेलले बिधालय निर्माणको लागि सहयोग गर्नुहुने प्रती सबैजना लाई धन्यवाद व्यक्त गरेका थिए।तस्सै क्रममा बिधालयका प्रा. राजाराम भण्डारीले पनि आधारभुत बिधालय निर्माण गर्न सहयोग गर्नुहुने स्थानिय तथा नगरपालिकाप्रती विशेष धन्यवाद व्यक्त गरेका थिए। 

शिलान्यास कार्यक्रममा बुढानिलकण्ठ नगर प्रमुख उद्घबप्रसाद खरेल ,जिल्ला शिक्षा कार्यन्वयन तर्फबाट अर्जुन रायमाझी वडा प्रमुख राजु खड्का लगायत शिबराम भण्डारी ,श्रीराम के सि लगायत अन्य समाजसेविको उपस्थितिमा बिधालय शिलान्यास कार्यक्रम समापन गरिएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय