साउन २८, काठमाडौ / बागमती अन्लाईन खबर,
नेवारी परम्परा तथा संस्कृति संरक्षण अभियानलाई ससक्त बनाउनको लागि युवाहरुको भुमिका महत्त्वपूर्ण हुन्छ भन्ने बिचार बोकेका बुढानिलकण्ठ वडा १३ का युवा टिकेस नारायण श्रेष्ठले परम्परा संस्कृति नै नेवारी समुदायको पहिचान हो यसको जगेर्ना गर्नु हाम्रो दायित्व हो भनी सम्झी निरन्तर यस अभियानमा लागि रहनु भएका युवाले यस सास्कृतिक संरक्षण गर्ने लागीपरेकाहरुका लागि सहयोग गरेको छ।
“मेरो परम्परा,संस्कृति रक्षा” भन्ने अभिव्यक्ति सहित र यस अभियानको निमित्त सकेको सहयोग हरदम रहन्छ भन्दै सास्कृतिक संरक्षण अभियानकर्ता तथा समाजसेवि टिकेश नारायण श्रेष्ठ बाट सास्कृतिक समुहका युवाहरुलाई २५ हजार रुपैया जतिको विभिन्न सामानहरु सहयोग गर्नु भएको छ। विशेषत भोलि अर्थात नागपञ्चमी देखि बुढानिलकण्ठ १३ मा नेवार संस्कृति अनुसार लाखेनाचको औपचारिक सु-भारम्भ हुने भनी जानकारी गराउनु भएको छ। 
लाखेनाचको लागि सामानब्यवस्थापनको खर्च बिवरण:
१.खिं ६ हजार ५ सय
२.नेपाली झ्याम्ता २ वटा २२ हजार ,पुरानो धलोटबाट आएको १५००० रिटर्न।
३.ईण्डियन झ्याम्ता १ वटा ६ हजार ,झ्यालि
४.लाखेको कपाल १० हजार अडर भएको।







