साउन ३०/काठमाडौ, बागमती अन्लाईन खबर             “हाम्रो परम्परा हाम्रो पहिचान” भन्ने मुल अभिव्यक्ति सहित आज बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १३ ले विभिन्न सास्कृतिक समुहहरु लाई नेवारी पोशाकको बितरण गरेको छ।

टुपेक बासुरी खल: समुह

बुढानिलकण्ठ नगरपालिका वडा १३ का अध्यक्ष श्रीकृष्ण श्रेष्ठ, वडा सदस्य श्याम श्रेष्ठ सहित सास्कृतिक सम्पदा संरक्षण अभियानकर्ता टिकेस नारायण श्रेष्ठको संयुक्त उपस्थितिमा सास्कृतिक समुहहरु करिब ८४ जना लाई पुग्ने नेवारी परम्परा झल्कने पोशाकको बितरण गरिएको हो।

माथिल्लो टुसाल बासुरी खल: समुह

माथिल्लो टुसाल बासुरी खल: समुह

वडा प्रमुख श्री कृष्ण श्रेष्ठका अनुसार बुढानिलकण्ठ नगरपालिकामा १३ वडा सास्कृतिक कला तथा सम्पदामा महत्त्वपूर्ण भुमिका रहेको वडा हो त्यसैले पनि सास्कृतिक समुहहरु लाई पोशाक बितरण गरेको हो यस बाट थप उत्प्रेरणा मिलि आफ्नो संस्कृती तथा सम्पदा संरक्षण गर्न उर्जा मिलोस भनी बितरण गरिएको जानकारी दिनुभएको छ।विशेषत टुपेक बासुरी खल: ,माथिल्लो टुसाल बासुरी खल: ,तल्लो टुसाल बासुरी खल: लाई आज पोसाक बितरण गरिएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय