काठमाडौं, कात्तिक ७ — लामो समयदेखि सामाजिक सञ्जालमा चर्चा बनेको गायिका एलिना चौहान र गायक प्रताप दासको सम्बन्धबारेको अफवाह अन्ततः टुंगिएको छ। पछिल्ला दिनमा अस्वभाविकरूपमा देखिएको उनीहरूबीचको निकटतालाई लिएर उनीहरू अफेयरमा रहेको हल्ला चले पनि, अन्ततः एलिनाले प्रतापलाई भाइटिका लगाउँदै सबैको मुखमा लागेको बुझो खोलिदिएकी छिन्।

सांगीतिक कार्यक्रममा सहभागी हुन अमेरिका पुगेका एलिना र प्रतापले एकअर्कासँग घुलमिल हुँदै दिनहुँ टिकटक भिडियोहरू बनाउँदै साझा गर्न थालेपछि उनीहरूको अफेयरबारे चर्चा झन् बाक्लिँदै गएको थियो। तर, दुवैले पटक–पटक आफूहरू दाइ–बहिनीको पवित्र नातामा रहेको स्पष्ट गर्दै हल्लालाई अस्वीकार गरेका थिए।

तर पनि, सामाजिक सञ्जालमा धेरैले “भाइटिकामा हेरौंला” भन्दै टिप्पणी गरेका थिए। कतिपयले त यो जोडीले दाजु–बहिनीको पवित्र सम्बन्धलाई विकृत बनाइरहेको आरोपसमेत लगाएका थिए।

अन्ततः, ती सबै अड्कलबाजीलाई समाप्त गर्दै एलिनाले प्रतापलाई भाइटिका लगाउँदै फेसबुकमार्फत लाइभ प्रसारण गरेकी थिइन्। उनले रितिपूर्वक टिका लगाएर उपहार प्रदान गरिन् भने प्रतापले दक्षिणा दिएर एलिनालाई ढोगेका थिए।भाइटिकाको यो दृश्य अहिले फेसबुक, टिकटक र युट्युबमा भाइरल भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय