आइतबार शेयर बजारमा पहिरो गएको छ निरन्तर उकालो लागेको बजार आज साताको पहिलो दिन भने बजार घटेको छ  साताको पहिलो दिन आइतबार आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) घटेर कारोबार बन्द भएको छ ।

कारोबारको पहिलो दिन नेप्से १.१४ प्रतिशत  घटेर २९६६.३३ बिन्दुमा पुगेर आजको कारोबार बन्द भएको हो। आइतबार नेप्से परिसूचकमा २८ अर्ब ८३ करोड ६९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। समग्र उपसमूहमध्ये चार उपसमूहको परिसूचक बढेको छ भने नौ उपसमूहको परिसूचक घटेको छ।

आइतबार सबैभन्दा धेरै कारोबारमा हिमालयन इन्सुरेन्स लिमिटेडले गरेको छ भने त्यसै क्रममा अपी पावर कम्पनी लिमिटेड, कुमारी बैंक लिमिटेड, एचआइडिसिएल, न्याग्दी ग्रुप पावर लिमिटेड ,शिवम सिमेन्ट रिलायान्स फाइनान्स लि. निफ्रा र सानीमा माइ हाइड्रोपावर रहेका छन्। १३ उपसमूहमध्ये यस दिन बैंकिङ क्षेत्र, जीवन बीमा क्षेत्र, म्युचुअल फण्ड र निर्जीवन बीमा क्षेत्र उपसमूहको परिसूचक केही बढेको छ भने होटेल र पर्यटन क्षेत्र ४.४९ प्रतिशत परिसूचक सर्वाधिक घटेको छ। साथमा जलविद्युत ३.७४ प्रतिशत र अन्य उपसमूहको परिसूचक ३प्रतिशत भन्दा बढी घटेको छ एवं विकास बैंक वित्त उत्पादन तथा प्रशोधन पनि २ प्रतिशत भन्दा बढीले घटेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय