असार १५,काठमाडौ /बर्षको तेस्रो महिना अर्थात असार महिना जुन महिना नेपालिहरु का लागि मानो रोपि मुरी फलाउने महिनाले चिनिन्छ भने यो महिनाको १५ गते दिनको लाई राष्ट्रिय धान दिवस भनी नेपालभर विभिन्न रोपाइँका कार्यक्रमहरु गरि पनि मनाइन्छ ।
अझ यो महिनालाई स्वागत गरि यस दिनलाइ यादगार बनाउन असार १५ गते त हामी नेपालीहरुले दहि चिउरा खाइ यो महिनाको उत्सब नै मनाउछौ
यो दिनमा देश लगायत बिदेशमा समेत यस महिना लाई स्वागत गरि असार १५ को दिन दहि चिउरा खाइ साथीभाइ सङग ती दिनहरु लाई सम्झी मनाउने गरिन्छ।
यस महिनालाई आर्थिक र सामाजिक महत्त्व रहेकोे महिनाले पनि चिनिन्छ त्यसैले पनि त यो दिनलाई रास्तृय दिवसको रुपामा मनाइन्छ ।
दही चिउरा खाएर मनाइने सांस्कृतिक परम्परा आज मनाइएको छ । खेतमा रोपाइँ गरी दही चिउरा खाएर मनाइने यो सांस्कृतिक परम्परा रोपाइँ शुरु हुन थाले पछिदेखि नै मनाउन थालिएको हो । असार मानो रोपेर मुरी उमार्ने महिनाका रुपमा सदियौँदेखि लिइँदै आएको महिना हो । नेपालमा यो वि.सं २०६२ देखि भने यो दिनलाई राष्ट्रिय धान दिवसका रुपमा पनि मनाउन थालिएको छ ।
किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । व्यस्त हुने महिनाको मध्यमा अर्थात् १५ गते दही चिउरा खाएर धान दिवस मनाउने परम्परा नेपाली समाजमा चल्दै आएको छ । आजका दिन असारे भाकामा धान रोपि यस दिनलाइ विशेष दिनको रूपमा नै मनाइन्छ ।कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ । खेती पाती बाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाएका छन् ।
हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभ कार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनुअघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रही आएको छ ।







