तुर्कीयाको इस्तानबुलमा रहेका नेपाली नागरिकहरूको लागि राहदानी नवीकरण र अन्य कन्सुलर सेवा प्रदान गर्न नेपाली राजदूतावास, इस्लामाबादले घुम्ती सेवा संचालन गर्ने भएको छ। यस घुम्ती सेवा कार्यक्रमले इस्तानबुल र वरपरका क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकहरूलाई सहजै सेवा उपलब्ध गराउने उद्देश्य राखेको छ।

राजदूतावासले राहदानी विभाग, त्रिपुरेश्वरसँगको सहकार्यमा २०८१ असोज १० देखि १३ गतेसम्म (२६ देखि २९ सेप्टेम्बर २०२४) बिहान ९ बजे देखि बेलुका ५ बजेसम्म घुम्ती कन्सुलर सेवा संचालन गर्ने तयारी गरेको छ। यस सेवाका क्रममा राहदानी नवीकरणका लागि लाइभ इनरोलमेन्ट  उपलब्ध गराइनेछ। सेवा संचालनको स्थानबारे थप जानकारी पछि सार्वजनिक गरिनेछ।

राहदानी नवीकरणका लागि इच्छुक नेपाली नागरिकहरूले [वेबसाइटमा गई आवेदन फाराम भर्न सक्नेछन्। आवेदन फाराममा आफ्नो राहदानी अवस्थाअनुसार सही विकल्प चयन गर्नुपर्नेछ। आवेदन प्रक्रिया सफलतापूर्वक सम्पन्न गरेपछि बारकोडसहितको फाराम प्रिन्ट गरी तोकिएको दिन र समयमा आवश्यक कागजातहरू सहित प्रस्तुत हुनुपर्नेछ।राहदानी नवीकरणको लागि अमेरिकी डलर ८० शुल्क लाग्नेछ भने हराएको, बिग्रिएको, वा अन्य कारणले राहदानी नवीकरण गर्नुपरेको अवस्थामा थप शुल्क लाग्नेछ।

यस घुम्ती सेवाबारे थप जानकारीका लागि नेपाली राजदूतावास, इस्लामाबादको वेबसाइट वा सम्बन्धित सम्पर्क नम्बरहरूमा सम्पर्क गर्न सकिनेछ। नेपाली राजदूतावासले यो घुम्ती सेवाले इस्तानबुलमा रहेका नेपाली नागरिकहरूको सेवा प्राप्तिमा सहजता ल्याउने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय