राहदानी विभागले ई–पासपोर्टको लागि अनलाइन आवेदन आजदेखि बिहान ११ बजे खुलाउने भएको छ ।दिउँसो साढे चार बजेपछि खुलाउँदै आएको अनलाइन आवेदन आजदेखि बिहान ११ बजे खुलाउने विभागले जनाएको हो ।

यो आवेदन प्रि–इनरोलमेन्टको लागि हो । विभागले दैनिक २ हजार ४ सय जनाको लागि प्रि–इनरोलमेन्ट खोल्छ प्रि–इनरोलमेन्ट गरिसकेपछि प्राप्त मितिमा राहदानी विभागमा पुग्नुपर्छ । यस्तै, विभागले दैनिक २४ सय जनाको कोटा पनि बढाउने जनाएको छ ।

विद्युतीय राहदानीका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरिँदा पहिलेजस्तो जिल्ला प्रशासन कार्यालय वा राहदानी विभाग गएर एकै दिनमा आवेदन दिन सम्भव छैन ।विद्युतीय राहदानी देशका सबै जिल्ला प्रशासन कार्यालय र १७ वटा इलाका प्रशासन कार्यालयबाट बनाउन सकिन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय