नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कम्बोडिया प्रस्थान गरेका छन् ।
अध्यक्ष ओलीको सचिवालयका अनुसार ७ साउनमा कम्बोडियामा हुने निर्वाचनको पर्यवेक्षणका लागि अध्यक्ष ओली त्यसतर्फ गएका हुन् । गएराति कम्बोडिया गएका ओली ८ साउनमा स्वदेश फर्कने कार्यक्रम छ ।
ओलीको साथमा पत्नी राधिका शाक्य, पार्टीको उपमहासचिव विष्णु रिमाल, स्वकीय सचिव राजेश बज्राचार्य, सुरक्षाकर्मी लगायत सात जनाको टोली कम्बोडिया गएको हो ।
अध्यक्ष ओलीको अनुपस्थितीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपधाध्यक्ष सुवास नेम्बाङले संयुक्तरूपमा कार्यवाहक अध्यक्षको जिम्मेवारी प्राप्त गरेका एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।







