नविना श्रेष्ठ
आषाढ १०,२०८०
काठमाडौं महानगरपालिकाले पछिल्लो समय बजार अनुगमनमा चासो बढेको छ। ढुसी परेको अखाद्य वस्तु भेटेपछि महानगरले १ लाख ५० हजार जरिवना गरेको हो ।
कालिञ्चोक ट्रेडिङ नेपाललाई महानगरले जरिवाना गरेको हो । बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा २९ को खण्ड ‘ङ’ बमोजिम जरिवना गरिएको पत्रमा उल्लेखको छ। भने जरिवाना ७ दिन भित्र तिर्न भनिएका छन्।
‘अखाद्य पदार्थ देखिएका उत्पादन तुरुन्त फिर्ता लैजानु पर्ने बताएको छ। सिलबन्दी राम्रो नभएको बोतल कम्पनीबाट गर्नु र डिस्टिब्युटरबाट रिटेलरमा सामग्री दिँदा पूर्णरुपमा चेक जाँच गरेर मात्र पठाउनु होला,’ जरिवाना गरेको पत्रमा उल्लेख छ ।
गत साउन २८ गते बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिको बैठकमा उपमेयर डंगोलले खुल्लारूपमा बेचिने खानेकुरा, पेय पदार्थको गुणस्तर, तरकारी र फलफूलको बजारमा निगरानी बढाउन भनेका छन्।बर्खायाममा पानीसँगै फैलिने संक्रामक रोग फैलिन नदिन बजारमा हुने व्यापारिक क्रियाकलापको अनुगमनका लागि तत्काल परिचालित हुने योजना बनाउनसमेत उनले निर्देशन दिएकी छिन्।
बजार अनुगमन समिति उपमेयरको नेतृत्वमा रहन्छ ।भने उक्त निर्णयसँगै बजारमा अखाद्य बस्तुको बिक्री रोक्नको लागि उनले अनुगमनलाई कडाइ गरेका छन्।शुक्रबार महानगरको गुणस्तर परीक्षण विभागको टोलीले अनुगमनको क्रममा कालिञ्चोक ट्रेडिङमा गुणस्तर परीक्षण गरेको हो







