एसिड आक्रमण पिडितहरुको  सत्य घटनामा आधारित चलचित्र ‘नमेटिने घाउ’ को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। चलचित्र आगामी भदौ ७ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ।

चलचित्रको पोस्टरमा प्रधानमन्त्री ओलीका साथै प्रहरी उपरीक्षक द्वय बाल नरसिंह राणा र कुमुद ढुङ्गेल, प्रहरी निरीक्षक जेआर शर्मा लगायतलाई कलाकारको रूपमा देख्न सकिन्छ। यस चलचित्रमा पूर्व प्रधानमन्त्री माधव नेपालले पनि अभिनय गरेका छन्।

‘नमेटिने घाउ’ एसिड आक्रमणमा परेका पीडितहरूको वास्तविक कथामा आधारित छ। चलचित्रमा ३३ जना एसिड आक्रमण पीडितहरूको जीवन सङ्घर्षलाई समेटिएको छ। शिवम् अधिकारीको कथा रहेको यस चलचित्रको पटकथा लेखनमा साढे दुई वर्ष लागेको हो।

चलचित्रमा मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईँ, अपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तिमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी, आरजु लेखक लगायतका कलाकारहरूको अभिनय रहेको छ।

चलचित्रमा पुराना अनुहार सुरवीर पण्डित र सुनिल कटुवालका साथै मुख्य भूमिकामा अधिकांश नयाँ अनुहारहरूको अभिनय देख्न पाइनेछ। रमित ढुङ्गाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको यस चलचित्रमा सांसद द्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीको समेत अभिनय रहेको छ। चलचित्रमा नीरज कँडेलको छायाङ्कन, बनिश शाहको सम्पादन, ओम सुनारको सङ्गीत र किरण ढकालको एक्सन रहेको छ।

यो चलचित्र ‘नमेटिने घाउ’ एसिड पीडितहरूको सङ्घर्ष, साहसको र समाजमा पिडितले भोगेको ब्यथा र कथालाई केन्द्रित रहेर निर्माण भएको समेत सार्वजनिक पोष्टरमा हामीले देख्न सक्छौ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय