काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नागरिक उड्ड्यन प्राधिकरणले यात्रुहरूसँग खादा र माला नल्याउन विशेष अनुरोध गरेको छ। प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै यात्रुहरूलाई खादा र माला नलगाई विमानस्थलमा आउन आग्रह गरेको हो।

सुरक्षा जाँचका क्रममा खादा र मालाले विमानस्थलका विभिन्न उपकरणहरू जस्तै एक्सरे मेसिन, कन्भेयर बेल्ट र स्केलेटरमा अड्किएर बिग्रने समस्या देखिएकोले यो आग्रह गरिएको प्राधिकरणले जनाएको छ। यसले उपकरणहरूमा क्षति पु¥याउनुका साथै सुरक्षा प्रक्रियामा ढिलाइसमेत हुने भएकाले यात्रुले खादा, माला नलगाउन वा ब्यागमा पनि नल्याउन भनिएको छ।

प्राधिकरणले यात्रुहरूको सहकार्यले मात्र विमानस्थलको सुरक्षात्मक र प्राविधिक सेवा सुचारु र प्रभावकारी रूपमा चलाउन सकिने उल्लेख गर्दै यात्रुहरूलाई यस सूचनामा सहमतिका लागि आग्रह गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको संख्यामा वृद्धि भएसँगै यस प्रकारको समस्या झन् बढ्न सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय