आर्यन मल्ल
देश भनेको देश वा राष्ट्र राजनैतिक भूगोल तथा अन्तर्राष्ट्रिय राजनीति अनुसार निश्चित सिमारेखा भित्रको भौगोलिक भूभाग हो । एक शब्दकोष अनुसार कुनै व्यक्ति जन्मेको, बसोबास गरेको वा नागरिकता रहेको जमीन नै देश हो । सामान्य प्रचलनमा यि शब्दले मुलुक (एक सांस्कृतिक अस्तित्व) रे राज्य (एक राजनैतिक अस्तित्व) दुवैलाई जनाउँछ एउटा माटाे हो जहाँ हामी विभिन्न जातजाती, धर्म, संस्कृती र फरक-फरक सोच एवं विचार बोक्नेहरु बसेका हुन्छौं हामी बसेको माटाेको जिम्मेवारी हामीले नै लिनु पर्छ त्यस माटाेलाई सुन्दर बनाउँने कि खराब भन्ने कुराको बृहत सोच विचार गर्ने पनि हाम्रो नै परम जिम्मेवारी हो भनी ज्ञात हुनुपर्छ आज देश कुन अवस्थमा छ, देशलाई के-के गर्नु पर्छ,कसरी देशलाई हरेक क्षेत्रमा अघि बढाउँनु पर्छ भन्ने सोच प्रत्यक नेपालीहरुले बोक्न आवश्यक छ भने सत्यतथ्यलाई ध्यान दिने हो भने हाम्रो देशको आर्थिक अवस्था र राजनैतिक व्यवस्था डगमगाई राखेको छ । सरकारले कुनै ठूलो कदम चाल्दा सबै राजनीतिक दलहरुको मुखियालाई प्रतिवेदन बुझाउनु पर्छ यदि त्यसो गरिएन भने भोलिपल्टको दिन सरकार नै रहदैन यस्ता कार्यले नै गर्दा सरकारले चाहे नागरिकता बिधेयकका विषयलाई होस या अन्तर्राष्ट्रिय मामिलाका विषय अझै भनौ कुनै विकाश उन्मुख कार्यहरुमा सहजता पाउँदैन। पदिय भागबन्डा जस्ता राजनितिक गतिविधिले गर्दा पनि यो देशको उनन्ती प्रगतीको लागि बाधाअवरोध भएको सहज अनुमान लगाउन सकिन्छ केही गर्छु भन्ने सोच बोकेर आउँनेले पनि हात बाधी बस्न बाध्य हुनुपर्छ हाम्रो देश नेपाल अहिले गरिविको रेखा सङसङै गइरहेको पाइन्छ। नेपालमा, २०२२ मा $१.९० क्रय शक्ति समानता/प्रतिदिन मुनिको रोजगारीमा रहेका जनसंख्याको अनुपात ५.१% थियो।” http://www.adb.org//countries/nepal/poverty मार्फत @ADB_HQ एक प्रतिवेदन उदाहरणमा हामीले देख्न सक्छौ साथै त्यही गरिबीको मुद्दा बनाइ फाइदा उठाएर आफु सत्तामा आउँन खोज्नेहरुको पनि बग्रेल्ती देखिन्छ नेपाललाई कहिले स्विटजरल्याण्ड त कहिले सिङ्गापुर बनाउछौ भनी अनेक सपना बाड्छन यहाँको जनताको ध्यान सत्तामा बसेकाहरुले सहजै भड्काइ दिन्छन् शक्तिको मात लागेका प्रमुख राजनितीक दलहरु आफु खुसी मिल्ने र भिड्ने कार्यमै व्यस्त देखिन्छन्।
हाम्रो देश नेपालले के माग्दै छ त ? यो प्रश्न हामी सबैले एकपल्ट ध्यान दिएर विचार विमर्श गर्न आवश्यक छ किन यो मुलुकले बाटो बिराईराखेको छ आज बिश्वलाईनै हेर्ने हो भने आधुनिकताको दौड चलिरहेको छ आर्थिक सामाजिक राजनैतिक बिकास एवं स्थिरताले बिश्वका अन्य मुलुकहरु कायापलत भएका छ्न तर हाम्रो देश नेपालले त्यो दौडमा आफ्नो स्थान नै बनाउँन नसक्ने अवस्थामा रहेको पाइन्छ। दक्ष जनशक्तिहरु देशमा बस्नै रुचाउँदैनन विभिन्न बहानामा विदेश नै आफ्नो उज्ज्वल भविस्यको अन्तिम बिक्लप भनी मरिहत्ते गरेका छ्न कतिपयको बाध्यता रहेको छ भने त कतिपयको बाहना ।
देशबाट विदेशीने युवाहरु उतै बसोबास गर्ने र नेपालको नागरिकता त्यागेर उतै बस्ने परम्परा बढेको छ जुन टिठलाग्दो विषय पनि हो अझ म एउटा हालै भएको घटनाको स्मरण गराउन चाहन्छु नेपाल कि एक समाजसेवी सपना रोक्का मगरले गरेको एक अनुभव अनुसार विदेशमा रहेका नेपाली छोराछोरीहरु मृत्युकर्मका लागि पनि नेपाल आउदा लाखौ खर्च लाग्छ त्यसैले केही पैसा पठाउछौ मृतकको दाहसंस्कार गरिदिनु होला भन्ने यो कस्तो परिस्थिति हो यति सम्म समाजमा बिकृती मौलाएको घटनाले हामी सजक हुन जरुरी छ । यस देशमा फर्केर आउँनै चाहादैन विदेशमा जानेका सीपको सदुपयोग देश फर्केर गर्नेको सङ्ख्या एकदम न्युनत्तम छ साँचिकै भन्ने हो भने यस देशवासीमा वास्तवीक राष्ट्रियता पाईदैन स्टनबाजी र सामाजिक सन्जालमा भाइरल हुनकोलागी मात्रै राष्ट्रियता देखापर्दै छ हामी सबै सहजै दोष सरकारलाई थुपार्छौं तर वास्तवमा भन्ने हो भने हामी प्रत्यक देशका नागरिकको गैर-जिम्मेवार छौ भन्दा फरक नपर्ला आफ्नो कुनै कामकाज गैर-कानुनि प्रकृयाले सहजता पुर्ण हुने भए मख्ख पर्छाैं फेरी सोहि प्रकृयाबाट कसैले आफ्नो काम बनाएछ भने विरोधमा उत्रिनछौं यस्ता कुरामा सर्वप्रथम परिवर्तन आफुबाट हुनुपर्छ उदाहरणको लागि सडकमा मोटरसाइकल चलाउँदा हेल्मेट नलगाएर कानुनको उल्घनन गरि कानुनको उपहास गर्नेले नै नियम कानुन अरुलाई सिकाउने गर्छन।
देश बनाउँने जिम्मेवारी प्रधानमन्त्री,मन्त्रीहरुको मात्रै नभएर हामी सबैको हो भनी म म गर्नु जरुरी छ । नेताहरुले त देश केवल चलाउने हो एक दिशामा लाने हो बनाउने त हामी एक-एक जनताले नै हो म स्वयमले यस्तो भन्दा थुप्रैको मनमा हामीले कसरी देश बनाउँने भनेर प्रश्न उठ्न सक्छ र त्यो स्वभाबिक पनि हो यसको जवाफ हो हाम्रो समाज वा राष्ट्रको हुने बिकासोन्मुख कार्यमा सबैको सहभागिता हुनुपर्छ। कुनै पनि राजनितीक दलको नीति बिधान र सिद्धान्तलाई समर्थन हुन पाइन्छ यो लोकतन्त्रको सुन्दर पक्ष पनि हो तर अन्धभक्त हुनुहुदैन केवल आरोपमात्रै लाएर भन्दा पनि समाधान खोज्न तर्फ लाग्नुपर्छ आफ्नो मतको सहि सदुपयोग गर्नुपर्छ।
यस देशले युवा शक्तीबाट ठुलो आशा बोकेको छ युवाहरुको लागि सरकारले राष्ट्रमा सम्भावनाहरु व्यापक सृजना गरिनुपर्छ विदेशीने युवाहरु देश फर्कने अवस्था सृजना गरिनुपर्छ आधारभुत आवश्यकता बाहेक पनि शिक्षा,रोजगार र स्वास्थ्यलाई लिखित मात्रै नभइ ब्यवहारिक लागू हुनेगरि प्राथमिकतामा राख्न आवश्यक छ हरेक नागरिक चाहे बच्चा होस या बृद्व हरेकमा सक्कली राष्ट्रवाद हुनजरुरि छ देशले एउटा सभ्य नागरिक र असल नेतृत्व माग्दै छ यहि नै देशको बिकासको मुल हो ।







