सवारी दर्ता प्रमाण पत्र ‘ब्लुबुक’ नक्कली बनाएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बैतडी घर भएका ३८ वर्षीय विरेन्द्र सिंह साउद, चितवन घर भएका ३८ वर्षीय मनोज कुमार सुनार बराली, रामेछापका शान्त कुमार मगर र डोटी घर भएका ३२ वर्षीय पवन सिंह छन् ।
आरोपीहरूले एभरेष्ट बैंकका ऋणी गजेन्द्र लोहनी विश्वकर्माको नाममा भएको बा.२० च ६४६७ नम्बरको ब्रेजा कार र भक्तपुर घर भएका भरत त्वयनाको नाममा भएको बिएडी–०२४७ नम्बरको अल्टो कारको ब्लुबुक किर्ते गरेका हुन् । मनोज कुमार बरालीको नाम राखेर अल्टो कारको ब्लुक किर्ते गरेर उनीहरुले डिक राखेर ५ लाख लिएको अनुसन्धानबाट थाहा भएको भनी जानकारी प्राप्त भएको छ ।
ब्रेजा कार १५ लाखमा बेच्न खोजेपछि किन्न खोज्नेले शंका लागेर यातायात व्यवस्था कार्यालयमा बुझ्दा नक्कली पुष्टि भएको अनुसन्धानमा संलग्न डीएसपी चक्र मल्लले बताए ।







