नेकपा एकीकृत समाजवादी बुढानिलकण्ठले नगर प्रमुख र उपप्रमुखका उम्मेदवार सिफारिस गरेको छ। नेकपा एकीकृत समाजवादी बुढानिलकण्ठ नगर कमिटीले ४ जनाको नाम प्रमुख र एक जनाको नाम उपप्रमुखमा सिफारिस गरेको हो।

नेकपा एकीकृत समाजवादी बूढानीलकण्ठ नगरकमिटीको बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नगरप्रमुख(मेयर) पदमा बाल कृष्ण श्रेष्ठ ,धुर्वराज न्यौपाने,बद्री कार्की तथा निरन्जन नेपालको नाम सिफारिस  गरेको छ भने बुढानिलकण्ठ नगरपालिकाको उप-प्रमुख पदमा प्रमिला सापकोटाको मात्र नाम सिफारिस गरेको छ भने आज बेलुका सम्म १३ वटै वडाका अध्यक्ष लगायत उम्मेदवारहरुको नाम समेत टुंग्याउने तयारी गरेको छ।

नगरप्रमुख पदका लागि सिफारिस भएका बालकृष्ण श्रेष्ठ बद्री कार्की तथा धुर्वराज न्यौपाने गठबन्धन भएको अवस्थामा नेकपा एकीकृत समाजवादीको तर्फ उप-प्रमुख पाउँदा समेत सो पदमा पनि जाने गरी लचक रहेको जानकारी दिएको छ।नेकपा एकीकृत समाजवादी बुढानिलकण्ठले गठबन्धन नभएको अवस्थामा समेत उम्मेदवार उठाउने तयारी गरेर निर्वाचनको उम्मेदवारी नाम सिफारिस गरेको हो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय