असोज १८ काठमाडौ / नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) काठमाडौ महानगर कमिटी गठन तथा सपथग्रहण आज भब्यरुपमा एक कार्यक्रम आयोजना भएको छ ।

महानगर संयोजक रामेश्वर श्रेष्ठको सभापतित्वमा काठमाडौ जिल्ला कमिटी उपसचिव एल पि श्रेष्ठले संचालन गरिएको उक्त कार्यक्रम बाट रामेश्वर श्रेष्ठ अध्यक्ष परीबेश बज्राचार्य सचिव र सरिता खनाल उपसचिव रहेको १०५ सदस्यीय सहितको काठमाडौ महानगर कमिटी गठन तथा सपथग्रहण कार्यक्रम आयोजना भएको हो ।

नेकपा एस पार्टीका स्थाई कमिटी सदस्य तथा महानगर इन्चार्ज जिवनराम श्रेष्ठको प्रमुख आतिथ्य एवम स्थाई कमिटी सदस्य तथा काठमाडौ ईन्चार्ज साबित्रा भुषाल, पोलिटब्युरो सदस्य काठमाडौ जिल्ला कमिटी अध्यक्ष वसन्त मानन्धर लगायत केन्द्रीय निकाय सदस्य गोपाल बरालको विशेष आतिथ्यमा कार्यक्रम भब्य समापन गरिएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय