नबिना श्रेष्ठ
फागुन १४,२०८०

नेपाल मास्टर्स एथलिट एसोसिएसन द्वारा आयोजित सम्मान कार्यक्रम बागबजारको न्हुज पार्टी भेन्यु आराधना कम्प्लेक्समा एक सम्मान कार्यक्रम सम्पन्न भएको छ।

नेपालका ७५ वर्षदेखि ८० बसन्तपार गरिसक्नुभएका आदरणीय खेलाडीहरूलाई प्रति सम्मान र नयाँ आजीवन सदस्यहरूलाई प्रमाणपत्र दिई बधाई तथा सम्मान कार्यक्रम गरेको थियो। नेपाल मास्टर्स एथलिट एसोसिएसन अध्यक्ष यस कार्यक्रमका सभाध्यक्ष जि.एन.दाई शर्मा रहेको थियो।भने नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति एवं समारोहका प्रमुख अतिथि जगमान गुरुङबाट पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गरेको थियो। नेपाल मास्टर्स एथलेटिक्स एसोसिएसनका कोषाध्यक्ष एवं कार्यक्रमका संयोजक भैरव शाही रहेको थियो।भने संघका दुई उपाध्यक्षहरू स्व. भुवनदेव पन्त (बबी दाई) र स्व. यज्ञ लाल श्रेष्ठको असामानिक निधनप्रति केही समय मौन धारण गरी कार्यक्रमलाई अगाडि बढाएको थियो।

कार्यक्रमका अतिथीहरूमा नेपाली महिला फुटबलका पहिलो क्याप्टेन रमा सिंह, नेपाल बक्सिङका पूर्व ओलम्पियन एवं नेपाल सशस्त्र प्रहरीका अ. प्रा. अ.म.नि. रविराज थापा, नेपालका पूर्व चर्चित फुटबल खेलाडी एवं अ.प्रा .प्रहरी म.नि अच्युत कृष्ण खरेल, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवं पूर्वमन्त्री जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ लगायत विभिन्न उच्च संस्थाहरूमा आबद्ध भएका व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रमका सभा अध्यक्ष शर्माले नेपाल सरकार तथा कुनै पनि सङ्घसंस्थाले साथ सहयोग नगरेको एक संस्था हो। भेट्रान्स नेपालमा मास्टर्स एथलिट एसोसिएसनमा रहेको समस्याहरू र साथ सहयोगको आवश्यकताहरू बारे जानकारी दिएका थिए। जुन खेलाडीले दिनरात रङ्गशालामा आफ्नो लागि र देशको नाम राख्नको लागि हिँडेका खेलाडीहरुलाई प्रोत्साहन ,साहस दिनका लागि यस्ता कार्यक्रमहरू गरिराख्नुपर्ने बताए। तर नेपालमा भने यस्ता खालका कार्यक्रमहरू कसैले नगरेको मा दुःख व्यक्त गरे, पहिला भेट्रान्सका खेलाडी योगेन्द्रलाल श्रेष्ठ र भुमदेव श्रेष्ठको घरको कोठामा बसी अगाडि बढाएको हो यो संस्था उहाँले बताए।

नेपालको लागि खेल क्षेत्रमा योगदान दिनुभएका ६० जना नेपाली खेलाडीहरूलाई सम्मान गर्ने र भेट्रान्सका खेलाडी जेष्ठ नागरिकहरूलाई शान्त र सुविधा नभएको गुनासो व्यक्त गरेका थिए। के हो जेष्ठ नागरिक? जेष्ठ नागरिकको लागि सुविधायुक्त ठाउँ कहाँ छ? बिहानीको समयमा अलिकति शान्त वातावरणमा हिर्दुल गर्ने र बस्ने ठाउँ कतै छैन? सडकमा हिड्दै भने ठुलठुला गाडीहरूको डर छ, युवाहरूको लागि पिकनिक मनोरञ्जन गर्ने ठाउँ छ तर ज्यष्ठ नागरिकहरूको लागि पिकनिक, तीर्थस्थल भवन पनि छैन। भलाकुसारी गर्ने ठाउँ पनि नभएको भन्दै ठूलो गुनासो पोखेका थिए।

कार्यक्रमका प्रमुख अतिथि जगमान गुरुङले के कस्ता समस्या समाधान गर्नुपर्ने र नीति निर्माण पहिचान दिलाएर खेलकुदको विकास निर्माणमा अगाडि बढ्ने विश्वास व्यक्त गरे ।खेलकुद क्षेत्रका वरिष्ठ महासचिव सचिव जस्ता महान व्यक्तित्वहरूको उपस्थिति रहेको कार्यक्रममा पक्कै पनि अब खेल क्षेत्रमा सोचेभन्दा राम्रो नीति निर्माण विकास हुने विश्वास रहेको जनाए। एक खेलाडीलाई खेल खेल्न उमेरले छेक्दैन, खेल खेल्ने खेलाडी निरन्तर बगिरहने खोला जस्तै हुने उहाँले बताउनुभएकाे छ।

संगीत ,नृत्य, खेल, कवि ,साहित्य सबैको शताब्दी पुरुष हुन्छ। खेलको विकास अझ उच्च गर्दै अगाडि बढ्नुपर्ने बताएका छन्।यो संगठनलाई खुम्चार नराखी फराकिलो गर्दै अगाडि बढ्न सकोस् भन्दै उच्चतहका व्यक्तित्वहरूले शुभकामना दिएका छन्। खेलकुद क्षेत्रमा आजीवन बिताइसकेका वरिष्ठ खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अतिथिको हातबाट दोसल्ला ओढाई सम्मान गरेका थिए। सम्मानित भएका व्यक्तिहरू कवि केशरी बस्नेत (टेबुलटेनिस खेल विधा), वाई पी लोहनी (टेबुल टेनिस खेल विधा) ,डा. खगेन्द्र बहादुर श्रेष्ठ (फुटबल खेल विधा),श्याम केसी (फुटबल एथलेटिस विधा),
कोकिला वैद्य (एथलेटिक्स खेल विधा), श्याम चित्रकार (फुटबल एथलेटिक्स खेलकुद वरिष्ठ पत्रकार), विश्व प्रकाश थापा (फुटबल एथलेटिस खेल विधा) , नरबहादुर थापा (बक्सिङखेल विधा), लगायतलाई सम्मान गरेको थियो। अन्तिममा आजीवन सदस्यहरूलाई आजीवन सदस्य प्रमाणपत्र वितरण गरी कार्यक्रमलाई समापन गरेको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय