काठमाडौँ, असोज २६
प्रधानमन्त्री सुशीला कार्कीले आगामी नेपाली मुद्रामा नेपाल सम्वत् समावेश गर्ने प्रतिबद्धता जनाउनुभएको छ। राष्ट्र बैंकका गभर्नरसँग छलफलका लागि अर्थमन्त्रीलाई निर्देशन दिँदै, प्रधानमन्त्री कार्कीले संस्कृति र इतिहास झल्किने क्यालेण्डर प्रणालीलाई सरकारी कागजात तथा मुद्रामा स्थान दिनुपर्ने आवश्यकता औँल्याउनुभएको हो।

सरकारी स्रोतका अनुसार, पाँच सय रुपैयाँको नोटको छपाई प्रक्रिया पहिले नै अघि बढिसकेकोले सो नोटमा नेपाल सम्वत् समावेश गर्न नसकिने भए पनि, आगामी नयाँ नोटहरूमा नेपाल सम्वत् प्रयोग गर्न सकिने प्रधानमन्त्रीको भनाइ छ।

नेपाल सम्वत् नेपालको मौलिक संवत् प्रणाली हो, जसको प्रयोग सरकारी दस्तावेज, क्यालेण्डर तथा अन्य क्षेत्रहरूमा माग गर्दै विभिन्न तहबाट लामो समयदेखि आवाज उठाउँदै आएको छ।


थप समाचारका लागि पेजलाई लाइक/फलो गर्न नबिर्सनुहोस्।
#नेपालसम्वत् #प्रधानमन्त्रीसुशीला #नयाँनोट #राष्ट्रबैंक #NepalSamvat #Nepali currency


 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय