पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई आज नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको मुख्यालयबाट पक्राउ गरेको छ।
लामिछानेलाई पक्राउ गरिएको पुष्टि नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी दानबहादुर कार्कीले गरेका छन्।
शुक्रवार, कास्की जिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्न अनुमति दिएपछि सीआईबीको टोलीले पुर्जीसहित पार्टी कार्यालयमा पुगेर उनलाई नियन्त्रणमा लिएको हो।







