पोर्चुगल नेपाली प्रवासी एकता मञ्च पुर्नगठन कार्यक्रम मार्फत अध्यक्षमा निराजन सुवेदी र उपाध्यक्षमा बिक्की सुवेदी आउदो NRNA अधिवेशनका लागि ससक्त रणनीतिका साथमा प्रस्तुत हुने भएको छ ।

नेकपा एकीकृत समाजवादी निकट प्रवासी संगठन युरोप अन्तरगत रहेको पोर्चुगलमा नेपाली प्रवासी एकता मंचको पुर्नगठन कार्यक्रमबाट सताइस(२७) जनाको कमिटी पुर्नगठन भइ कार्यक्रम सम्पन्न भएको छ ।

हिजो भएको सङ्गठन पुर्नगठन कार्यक्रममा पोर्चुगलको स्थानिय समय अनुसार करिब ८ बजे बाट सुरु सो कार्यक्रममा नेपालबाट नेकपा एकीकृत समाजवादी स्थायी कमिटी सदस्य तथा प्रवास समन्वय कमिटीका इन्चार्ज श्रीप्रसाद साह र काठमाडौ क्षेत्र ४ का सदस्य तथा समाजवादी प्रेस सङग्ठन सदस्य सुवास श्रेष्ठ भर्चुअल उपस्थित रहेकोे थियोे भने प्रवास समन्वय कमिटीका केन्द्रिय सदस्य कृष्ण उप्रेती भौतिक उपस्थित रहेका थिए।

उक्त कार्यक्रम नेपाली प्रवासी एकता मञ्चका महासचिव ओम बहादुर घर्तीको अध्यक्षतामा बैठक आयोजना भएको थियोे । सोहि कार्यक्रमबाट पोर्चुगलमा संगठन बिस्तार तिव्र बनाउने र सकभर चाडैं अधिवेशनको मिति तय गरिने साथै आउदै गरेको पोर्चुगल एनआरएनए( NRNA) का लागि संगठनको तर्फबाट प्रतिनिधि पठाउनका लागि सोही संगठनका अध्यक्ष निराजन सुवेदीलाई संयोजक र बिक्की सुवेदीलाई सह-संयोजकको जिम्मेवारी दिएर उक्त अधिवेशनमा नेपाली प्रवासी एकता मञ्चको तर्फबाट ससक्त रणनीतिक योजनाका साथमा अगाडी बढाउने समेत निर्णय भएको थियोे ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय