भदौ २९ काठमाडौ/बागमती अन्लाईन खबर
बुढानिलकण्ठ वडा नम्बर १२ को युवा बिस्तारित भेलामा नेकपा (एस) काठमाडौ जिल्ला सदस्य तथा काठमाडौ क्षेत्र नम्बर ४ का संयोजक धुर्बराज न्यौपानेले उक्त युवाहरुको भेलामा उहाले युवा तथा राजनीतिको बारे आफ्नो गहन बिचार राखी युवालाई राजनीतिमा आउन आह्वान गर्नु भएको छ। उहाँको अनुसार युवा र राजनीति एकअर्कोका पर्याबाची हुन, युवा र राजनीतिको सम्बन्ध एकदम नजिकको हुन्छ।युवाको सक्रियताले बिश्वको इतिहास बदलेको छ।त्यसैले युवाहरुले अब राजनीति बुज्नु पर्छ र नेपालको राजनीतिमा युवापुस्ताको आकर्षक बढ्नु पर्छ भनी युवाहरुमाझ आफ्नो बिचार राखेका थिए ।
न्यौपाने बताउनुहुन्छ “पोलिटिक इज नट डर्टी गेम” युवाले अहिले यो कुरा मन्न गर्न पर्छ नेपालको राजनीतिमा हिजोको दिनमा पनि युवाको भुमिका अहम थियोे भने अहिलेको बर्तमान राजनीतिमा युवाको भुमिका झन बढेको तर्क राख्नु भएको थियोे ।
उपस्थित युवाहरूलाई उतप्रेरणा प्रदान गर्नु हुदै उहाँ भनुहुन्छ राजनीतिको प्रभाव हाम्रो जीवन तथा हरेक गतिविधि सङग जोडिएको हुन्छ।अहिलेको युवा पुस्ताले गलत राजनीति भइरहेकै छ भने त्यो आवाज बुलन्द साथ उठाउन उसको कर्तव्य हो किनकि अहिलेको युवा पुस्तालाई हरेक कुराको ज्ञान छ बिश्व सङग प्रतिस्पर्धा गर्न भरपुर क्षमता छ। त्यसलै युवाहरुको अहम भुमिका बर्तमान राजनीतिमा क्रियाशिल भएर आउन भनी अनुरोध पनि गरेका थिए ।
अहिलेको राजनीतिज्ञहरुलाई जनताले सतामा त पुर्याए तर अफसोच जनताले सोचेको जस्तो र खोजेको जस्तो देशमा परिवर्तनको महसुस गर्न सक्ने वातावरण निर्माण गर्न सकेको छैन भनी धारणा पनि राखेका थिए ।अहिलेको नेताहरुले युवालाई चाहिएको बेला प्रयोग गर्न तर युवालाई केन्द्र बिन्दुमा राखेर नीति तथा नियमनिर्माण प्रयाप्त गर्न सकेको छैन भनि आरोप पनि लगाएका छ्न। किन युवाहरु लाई स्वदेशमा बसि रोजगारको अवस्था सिर्जना भएन। यति धेरै ब्यवस्थाहरु परिवर्तन भए किन अहिले पनि युवाहरुको सपना मुलुक बाहिर गएरआफ्नो परिवारको जीवन गुजारा गर्न अवस्था छ।देशमा नै उत्पादन गर्न किन सकिरहेको छैन?कलकारखाना उधोगहरुको बिकास किन हुन नसकेको?बिदेश जाने युवा किन रोकिएन?बस्तु तथा सेवाहरु निर्यात भन्दा आयात किन बढेको छ?
यस्ता तमाम एजेन्डाहरु जसले समग्र देशको कोल्टो फेर्न युवाहरु राजनीतिमा आउनु अहिले आवश्यकता हो भनि युवा जमात माझ आफ्नो भनाइ राखेका थिए र उहाले अहिलेको अवस्था नेकपा (एस)का अध्यक्षले युवाहरूलाई समेतेर आफू अगाडि बढन चाहेको र युवाको यस पार्टीमा क्षमता अनुसार अगाडि बढन चाहेकोलाई आफ्नो साथ सहयोग हरदम रहने बताउनु भएकोले सम्पुर्ण युवाहरु लाई नेकपा (एस) पार्टीमा जोडिन हार्दिक अनुरोध गरेको छ।







