प्रधानमन्त्री पुष्पकमल दाहल र एमाले अध्यक्ष केपि शर्मा ओलिबिच बालुवाटारमा भेटबार्ता पछि राजनैतिक वातावरण तरंगित बनेको छ ।सत्ता समीकरणमा खटपट आइरहेको चर्चा चलिरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेका मन्त्रीहरूलाई आफ्नो निवास बालकोट बोलाएका छन् । उनले ६ बजेका लागि बोलाएका हुन् ।
स्रोतले दिएको जानकारी अनुसार बोलकोट के विषयमा छलफल गर्न बोलाइएको भन्ने चाहिँ खुलाएका छैनन् । कांग्रेसर एमालेबीच नयाँ समीकरण हुनसक्ने भन्दै राजनीतिक सरगर्मी बढेको छ ।
पछिल्लो समयमा एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएका पछिल्ला वार्ता सकारात्मक बनेपछि नयाँ समीकरणको संभावनाको चर्चा चलेको हो ।







