बागमती प्रदेश यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने नयाँ व्यवस्था लागू गर्दैछ। यो व्यवस्थाअन्तर्गत, नागरिक एप मार्फत लाइसेन्स सम्बन्धित व्यक्तिको मोबाइलमा नै उपलब्ध हुनेछ। सवारी नियम उल्लंघन गर्दा ट्राफिक प्रहरीले चिट काटेपछि त्यहीँ डिजिटल पेमेन्ट गर्ने सुविधा पनि प्रदान गरिनेछ।

यस परिवर्तनले सवारी लाइसेन्सको छपाइ नहुँदा देखिएको समस्या समाधान गर्नुका साथै सवारी नियम उल्लंघन गर्दा जरिवाना तिर्ने प्रक्रियामा हुने झन्झटलाई पनि अन्त्य गर्नेछ। यो व्यवस्था परीक्षणका रूपमा भोलिदेखि बागमती प्रदेशमा सुरु हुनेछ।

नागरिक एपमा अन्य सेवा थप्ने तयारी पनि भइरहेको छ, जसले नागरिकलाई लाइन बस्नुपर्ने समस्या समाधान गर्दै छिटो र सरल सेवा प्रवाह गर्न राज्यलाई सहयोग पुर्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय