साउन २४ काठमाडौ / बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १३ मा आज कोभिड १९ विरुद्धको दोस्रो मात्राको चाइनिज भेरोसेल खोप लगाउने कार्यक्रम सम्पन्न भएको छ।उक्त खोप कार्यक्रममा ६६८ जनाले महिला र पुरुष खोप लगाएका छ्न। उक्त खोप कार्यक्रम वडा प्रमुखको विशेष पहलमा थियोे ।
गत साता नगरप्रमुख उद्धव प्रसाद खरेल, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्की तथा जनस्वास्थ्य प्रमुख कुमार प्रसाद दाहाल र वडाध्यक्ष बिच खोपकेन्द्र सञ्चालन गर्ने बिषयमा छलफल हुँदा वडा नम्बर १३ को चुनिखेलमा पनि खोप केन्द्र संचालन गर्ने भनिएता पनि चार स्थानमा मात्रै खोप केन्द्र राखिएको थियोे।
यहि साउन २२ र २३ गते खोप केन्द्र संचालन गर्ने बारे सूचना प्रकाशन गर्ने बेलामा नगर कार्यपालिकाको कार्यालय पुगेका वडाध्यक्षले चुनिखेल लाई हटाएर ४ स्थानमा मात्रै खोप केन्द्र राख्ने जानकारी पाएपछि उहाले विरोध जनाएका थिए। जसको कारण खोप कार्यक्रमको सूचना प्रकाशनमा समेत केहि ढिलाई भएको जानकारी प्राप्त भएको छ।
चुनिखेलमा भेरोसेलको दोस्रो मात्राको लागि खोप केन्द्र तथा कार्यक्रम सम्बन्धि सुचना औपचारिक तथा अनौपचारिक जारी भैसकेको तथा जानकारी गराइसकेको हुनाले वडा अध्यक्षको हैसियतले पनि पुरागर्नु पर्छ भनी उहाले विशेष पहल गरेको जानकारी श्रीकृष्ण श्रेष्ठले दिनु भएको छ।आज भएको उक्त खोप कार्यक्रम उहाँ स्वयम् पनि खोप कार्यक्रम सन्चालन भए देखि सप्पन्न हुने बेला सम्म खोपकेन्द्रमा खटिरहनु भएको थियोे ।







