यहि मिति २०८१ साल साउन महिनाको ५ गतेका दिनमा साइकल च्यालेज कार्यक्रम हुने भएको छ । उक्त च्यालेन्ज कार्यक्रममा घडि घुम्ले दिशामा साइकल यात्रीहर्ले चाहेको रुट परिक्रमा गर्ने भएको हो ।यही च्यालेन्जको लागि सवैभन्दा उपयुक्त रुट ३३ पुल परिक्रमा हो ।
भक्तपुर सहरलाई ३३ वटा पुलले घेरेको छ । यी पुलहरु परिक्रमा गर्न करीब ३३ किलोमिटर यात्रा गर्नु पर्ने हुन्छ र अधिकांस रुट खोलाको तिर मै पर्छ भने घडी घुम्ने दिशा हुदै यो पुल परिक्रमा गर्न सकिन्छ । रुटमा सबैभन्दा बढी खेतबारीहरु मज्जाले देख्न सकिन्छ । खोलाको तिरबाट यात्रा गर्दाको प्राकृतिक दृश्य र चराचुरुङगीको चिरबिर चिरबिर सुमधुर आवाजले यात्रालाई थप रोमाञ्चक बनाउछ साथमा रुट्मा पर्ने खेतबारीहरुमा किसानहरु मौसम अनुकुल आफ्नो कर्म गरिरहेका देखिन सकिन्छ ।
साउन ५ गतेको साइकल यात्रा…।
साउन महिनाको पहिलो शनिबार ३३ पुल परिक्रमाको लागि साइकलबाट यात्राको प्रारम्भ गर्न सकिन्छ । यो रुटको कुनै बिन्दुबाट सुरुगरी यात्रा अगाडि बढाउन सकिन्छ साथमा यस्ता कार्यक्रम र गतिविधिले खोला किनारमा फोहरबस्तु फाल्ने निरुत्साहित गर्ने को लागि पनि यो यस्ता कदमले महत्त्वपूर्ण भुमिका खेल्ने हुनेछ ।
साइकल यात्राको रुटहरु.।
पाँचाख्य…..।
नेवार भाषको पाँचा को अर्थ बालुवा र ख्यको अर्थ चौर हुन्छ । बालुवा जम्मा भएर बनेको चौरलाई पाँचाख्य भनिन्छ । यस्तै ख्य भक्तपुरको जगाती र च्यांम्हासिहको बीचमा चाँगु नगर र सुर्यबिनायक नगरबाट बग्दै आएको खोलाहरु संगम हनुमानघाट पनि छ । यो चौरलाई हाल पाँच वटा पुलले घेरिएको छ । यहाँ नगरपालिकाको फोहर उठाउने गाडी राख्ने ग्यारेज पनि रहेको छ । यो ग्यारेजलाई अपग्रेड गरी सवारी पार्किङ स्थल बनाउन पर्ने स्थानीयको माग रहेको छ । यहीबाट सहरका बिभिन्न स्थाल पुग्न कम समय लाग्छ । भक्तपुरबाट काठमाण्डौ र ललितपुर जाने गाडी यतैबाट जाने गरेको छ । यही चौरबाट साइकल यात्रा सुरु हुन्छ ।
पाँचाख्य देखि ठिमी पुलसम्म….।
पाँचाख्यबाट साइकल यात्रा सुरु गरे पछि हनुमन्ते खोलामा भक्तपुर सहर र सुर्यबिनायक क्षेबाट खोल्सीहरु मिसिन आउछ । यी खोल्सा तर्न बनेका र हनुमन्ते तर्न बनेका पुलहरु हुदै यात्रा थिमि स्थित पुलम पुग्न सकिन्छ । यस क्रममा झटकिला बाट बग्ने खोल्सा, जगातीबाट बग्दै आएको खोल्सा, डागाचा खोल्सा, काल्हाचा खोल्सा, साते, घलाते लगायतका स्थानबाट खोल्साहरु हनुमन्तेमा मिसिन्छ ।
थिमी देखि सल्लाघारी…..।
थिमीको पुल पुगे पछि भने हुनमन्ते पुल तरी थिमी नगर क्षेत्रमा पर्ने बाटो हुदै निकोसेरा हुदै सल्लघारी पुगिन्छ । यो स्थानमा फोहर पानी प्रसोधन गर्ने केन्द« छ । तर हाल यो सञ्चालमा छैन ।
सल्लाघारी देखि टाउन प्लालिङ……।
सल्लाघारीबाट भने तीन वटा टाउन प्लानिङ हुदै यात्रा डेकाचा सम्म पुग्छ । यहाँ टाउन प्लानिङको बेला बनेको फराकिलो बाटोमा साइकल सरर गुडाउन सकिन्छ । यो रुटमा सहरमा रहेका केही नाम चलेका स्कूलहरु देख्न सकिन्छ ।
डेकोचा देखि वन्ती सम्म…..।
यहाबाट अगाडी जाने ४ वटा बिकल्पहरु छन् । पहिलो बिकल्प दक्षिण तर्फको पीच रोड हुदै वन्ती पुग्ने होे । दोक्षो र तेश्रो बिकल्प खोलाको दायाँ र बाँया रहेका गोरेटो बाटोमा साइकल डोर् याउदै खोलको मज्जा लिनु हो । चौथो बिकल्प उत्तर मोडी इट्टा भट्टाको बाटो हुदै वन्ती पुग्ने हो ।
वन्ती देखि छालिङ पुलसम्म….।
वन्ती पुगे पछि पनि दुइ वटा बिकल्प छन् । एउटा बिकल्पको खोलको किनारा हुदै बाटोमा काडा हटाएर छालिङ पुग्ने हो । अर्को भने साइकलमा कच्ची बाटो हुदै छालिङ पुल पूग्न सकिन्छ ।
छालिङदेखि महादेवखोला पुल….।
छालिङको पुलले चाँगु र भक्तपुर नगरको सिमाको काम गर्छ । यहाँबाट आर्मी ब्यारेक हुदै, यातु महादेव हुदै महादेव खोला पुल पूग्न सकिन्छ । अर्को चाही खोलाको तिर भन्दा अलि पर बनेको कच्ची बाटो हुदै चाँगु नगरपालिकको कार्यलय परिसर पुग्न सकिन्छ । यहाँबाट खरीपाटी बिद्युत तालिम केन्द्र भएर महादेव खोला पुल पुगिन्छ ।
महादेवखोला पुल देखि ब्रम्हायणी पुल…..।
महादेव खोलको किनारै किनार गोसले पुल, चोकिचिला पुल भएर ब्रम्हायणी पुगिन्छ । यहाँबाट कमलबिनायक टाउन प्लालिङ लगायतका स्थानहरु देखिन्छ । यहाँ १२ महिना तरकारी खेती भैरहेको हुन्छ ।
ब्रम्हायणी देखि मलकारखाना…..।
ब्रम्हायणी देखि माहेश्वरी किनारा सहर बिकास गरिएकोले बाटो ब्यबस्थित छ । यसै क्षेत्रमा कर्भड हल, इन्जिरियरीङ कलेज र मल कारखाना देखिन्छ । नयाँ बनेको सहरमा पुरानो सहरको परम्पगरात उद्योृेग सारिएका छन् । धौ, काष्ठकला, धातुकला, मुर्तिकला, माटोको भाडा बनाउनेृ शिल्पीहरुको बसोबास यहाा रहेको छ ।
मलकारखाना देखि पाँचाख्य सम्म….।
मल कारखाना अगाडी बन्दै गरेको पुल हुदै थुसाचाको दुवै पुल तरे पछि खोला किनारैबाट जेलाँ पुल र माहेश्वरी पुगिन्छ । यहाँ बाट सय मिटर दक्षिण लागे पछि यात्रा सुरु गरेको पाचाख्यको पुल पुगे पछि यात्राको एक फन्को पुरा हुन्छ ।
थप गन्तब्य….।
यात्राको एक फन्को पछि अरु गन्तब्यहरुमा पनि जान सकिन्छ आवश्यक परेमा अर्को फन्को पनि मार्न सकिन्छ ।
nvitation Video







