सांसद योगेश भट्टराईले माओवादीको जनयुद्धलाई हिंसा भनेपछि यो विषयले उग्र प्रतिक्रिया सिर्जना गरेको छ। हालै यस विषयमा माओवादी केन्द्रका नेताहरूमा व्यापक असन्तुष्ट रहेको सामाजिक सञ्जालमा देखिएको क्रियाशीलताले पनि प्रष्टाउँछ। राजन दाहालले सामाजिक सञ्जालमा “बैगुनी केटो जनयुद्धको बलमा प्राप्त उपलब्धिको उपयोग गर्दै तर त्यसलाई हिंसा भन्नु गलत भएको” स्टाटस लेखेसँगै उक्त स्टाटसलाई माओवादीका महासचिव जनार्दन शर्माले समेत सेयर गरेपछि कुन तहसम्म विषयले प्रभाव पारेको छ भने आकलन गर्न सकिन्छ।
नेकपा (एमाले) का सांसद योगेश भट्टराईले माओवादी जनयुद्धलाई “१० वर्षे हिंसा” भनेपछि माओवादी नेताहरू र कार्यकर्ताहरू उनको आलोचनामा उत्रिएका छन्। भट्टराईको यो टिप्पणी संसद्मा गर्दा, विशेष गरी माओवादीका सांसदहरूले तुरुन्तै आपत्ति जनाएका थिए।
सामाजिक सञ्जालमा पनि भट्टराईप्रति आलोचना जारी छ। माओवादी केन्द्रका सांसद राजन दाहालले भट्टराईलाई “बैगुनी केटो” को संज्ञा दिँदै, जनयुद्धको बलमा प्राप्त उपलब्धिहरू उपभोग गर्ने तर त्यसलाई हिंसा भन्नु गलत भएको बताएका छन्।
दाहालले भट्टराईलाई “नम्बरी ठग” को उपनाम पनि दिएका छन्। उनको यो धारणा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पनि समर्थन गर्दै सामाजिक संन्जालमा शेयर गरि समर्थन गरेका छन ।








