भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङबाट प्राप्त भवनमा एमाले पार्टी कार्यालय स्थापना गर्ने निर्णयप्रति पार्टीभित्रै विरोध सुरु भएको छ। एमाले स्थायी कमिटी सदस्य बिन्दा पाण्डेले गुरूङबाट जग्गा लिने र उनैले पार्टी कार्यालय बनाइदिने कदमलाई पार्टी सदस्य र मतदाताको अपमान भएको बताएकी छन्।

पाण्डेले फेसबुकमार्फत सार्वजनिक धारणा राख्दै पाँच लाख पार्टी सदस्य र २८ लाख मतदाताको स्वाभिमान खल्बल्याउने निर्णय तत्काल सच्चाउन माग गरेकी छन्। यो कदमले दीर्घकालमा पार्टीका लागि आत्मघाती परिणाम ल्याउने चेतावनी दिँदै उनले पारदर्शिताको अभावमा गरिएको निर्णय गलत भएको बताइन्।

उता, प्रधानमन्त्री केपी ओलीले दशैंको फुलपातीको अवसरमा कीर्तिपुरस्थित गुरूङले निःशुल्क दिएको १० रोपनी १४ आना जग्गामा पार्टी कार्यालय भवनको शिलान्यास गरेका थिए। गुरूङले एक वर्षभित्र ९ तले भवन निर्माण गरी एमालेलाई हस्तान्तरण गर्ने घोषणा गरेका छन्। शिलान्यास समारोहमा गुरूङ दम्पत्ति पनि सहभागी थिए।

पार्टीभित्र अन्य नेताहरूले पनि व्यापारिक सहयोगमा पार्टी कार्यालय स्थापना गर्न नहुने भन्दै विरोध जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय