भारतले नेपालबाट टमाटर आयात गर्न थालेको छ। भारतीय अर्थमन्त्री निर्मला सीतारमणले नेपालबाट टमाटर आयात गर्न लागिएको जानकारी गराएकी छिन्।

भारतीय संसदमा बिहीबार बोल्दै सीतारमणले नेपालबाट टमाटर आयात गर्न लागिएको बताएकी हुन्। नेपालबाट आयात गरिएको टमाटरको पहिलो लट शुक्रबार बनारस, लखनऊ र कानपुरमा आइपुग्ने उनले जानकारी गराइन।
बिहीबार भारतमा टमाटरको मूल्यमा कीर्तिमानी उच्च वृद्धि भएको छ।  बजारमा अत्यधिक माग धान्न नेपालबाट भारतले टमाटर लैजान लागेको हो।

कम वर्षा, तापक्रम बढेको र भाइरस फैलिएका कारण भारतमा टमाटर उत्पादनमा कमी आएको रोयटर्सले जनाएको छ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले केही समयदेखि नेपाली टमाटर भारत गइरहेको जानकारी दिएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय