सामाजिक कथाबस्तु एवं मगर संस्कृतिमा आधारित रहेर निर्माण भएको मेनका फिल्म्स एण्ड मिडिया हाउसको व्यानरमा निर्मित “दिलसरा” यही भाद्र ३ गते पोखरामा प्रदर्शन हुने भएको छ।
सामाजिक कथावस्तुमा आधारित रहेर निर्माण भएको उक्त चलचित्रमा सृष्टि राना मगर , कल्याण राना मगर र सुस्मिता पुन एवं मिना थापा मगर खड्गबहादुर पुन मगर (खबपु) लगायतका कलाकारहरुको अभिनय रहेको उक्त चलचित्रको कार्यकारी निर्माता प्रेम थापा मगर रहेका छन साथै निर्मातामा हर्क आले मगर, जुना थापा मगर र मिना थापा मगर रहेका छन्।
कथा र पटकथामा क्रमश जुना थापा मगर र मिना थापा मगर छन साथमा नृत्य निर्देशकमा केशब आले मगर रहेको दिलसरामा दिलसरामा नारी कथानक चलचित्र रहेको निर्माण पक्षको दावि छ ।महिलाहरु जो आफ्नो क्षेत्रमा संघर्ष गरुरहेका छन साथमा समाज र देशलाइ पनि अग्रदिशा तर्फ दोहोर्सक्छन् भनी देश र समाजलाई प्रेरणा प्रदान गर्नको लागि त्यस्ता महिलाहरुको खोजी गरि देशलाई चिनाउने चलचित्र टिमको उद्देश्य रहेको छ ।
अशोक आले मगरको “दिलचरा”पोखरा सभागृह अवस्थित सिटिहल मा औपचारिक उक्त चलचित्र प्रदर्शनि हुने भएको छ भने देशभर छिटै प्रदर्शन गराउने भनी निर्माण टिमको दावी छ
।







