नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक लाइभ नगर्ने भएको छ । आज ११ बजे बस्ने भनिएको केन्द्रिय समितिको बैठक समेत सरेर १ बजे हुने भन्ने जानकारी प्राप्त भएको छ ।

आज बसेको स्थायी समिति बैठकले बैठक लाइभ नगर्ने निर्णय गरेको हो ।

माओवादी केन्द्रीय समिति बैठक आज ११ बजदेखि प्रज्ञा भवन कमलादीमा सुरु हुँदै छ भने सो बैठक पाँच दिनसम्म चल्ने छ ।

सो बैठक सामाजिक सन्जालबाट लाइभ गर्ने माओवादीले जनाएको थियो । तर धेरै जनाको विरोध आएपछि बैठक लाइभ नगर्ने निर्णय भएको सचिव गणेश शाहले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय