काठमाण्डौ २३ असार ।
विश्वभर विवाहित महिलाहरूबीच सौन्दर्य, प्रतिभा र आत्मविश्वासको पहिचान दिलाउने अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता ‘मिसेस वर्ल्ड २०२५’ मा सहभागी हुने बाटो अब नेपाली महिलाहरूका लागि पनि खुलेको छ।नेपालमा पछिल्ला चार वर्षदेखि रिबन इन्टरटेनमेन्ट प्रा.लि.को आयोजनामा ‘मिसेस नेपाल वर्ल्ड’ हुँदै आएको छ, जसलाई मिसेस वर्ल्डको आधिकारिक नेपाली संस्करणको रुपमा मानिन्छ। नेपाली विवाहित महिलाबीच अत्यधिक रुचि र प्रतिष्ठाको रूपमा स्थापित यस प्रतियोगिताको चौथो संस्करणका लागि आवेदन खुला गरिएको छ।
ललितपुरको पुलचोकस्थित स्क्वायर होटलमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा आयोजक संस्था रिबन इन्टरटेनमेन्टले ‘मिसेस नेपाल वर्ल्ड २०२५’ को घोषणा गर्दै औपचारिक रूपमा आवेदन प्रक्रिया सुरु गरिएको जानकारी दिएको हो।
विश्व भरीका महिलाहरुका लागि ‘मिसेस वल्र्ड २०२५’ एउटा महत्वपूर्ण सौन्दर्य प्रतियोगिता हो । यो प्रतियोगितामा सहभागी भएर मिसेस वल्र्डको ताज पहिरन यस प्रति चासो राख्ने विश्वभरका मुलुकका महिलाहरु चाहन्छन् ।
यसै क्रममा नेपालले पनि बिगत चार वर्षदेखि रिवन इन्टरटेनमेन्ट प्रा.लि.ले यो प्रतियोगिताको नेपाल संस्करणको रुपमा ‘मिसेस नेपाल वल्र्ड’को आयोजना गर्दै आएको छ । जसका कारण नेपाली विवाहित महिलाहरूका लागि यो सबै भन्दा प्रतिष्ठित सौन्दर्य प्रतियोगिताको रुपमा स्थापित भएको छ । यसै बिच चौथो संस्करणको ‘मिसेस नेपाल वल्र्ड २०२५’ को लागि आवेदन खुला गरिएको छ । ललितपुर पुलचोक स्थित स्क्वायर होटलमा आज पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै आयोजक संंस्था रिबन इन्टरटेनमेन्ट प्रा.लि.ले प्रतियोगिताको नयाँ संस्करणको घोषणा गरेको छ । सोही कार्यक्रममा यो संस्करणको लागि आवेदन प्रक्रिया सुरु गरिएको घोषणा समेत गरियो ।
महिला सशक्तिकरण, आत्मविश्वास, सामाजिक सहभागिता र प्रतिभा प्रदर्शनको सशक्त मञ्चको रूपमा स्थापित यस प्रतियोगिता देश–विदेशमा नेपाली महिलाहरूको पहिचान विस्तार गर्ने उद्देश्यले निरन्तर आयोजित हुँदै आएको आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशु कान्त झाले कार्यक्रममा बताए । यस वर्षको प्रतियोगिता बिगतको भन्दा अझ बृहत् र व्यवस्थित ढंगले आयोजना गरिने जानकारी गराउँदै अध्यक्ष झाले कार्यक्रममा भने, ‘यसपटकको मिसेस नेपाल वल्र्ड प्रतियोगिता केवल सौन्दर्य र प्रतिभा प्रस्तुति मात्र नभई, महिलाहरूको नेतृत्व, आत्मविश्वास, र सामाजिक उत्तरदायित्वलाई उजागर गर्ने गहिरो अभियानका रूपमा अघि सारिएको छ ।’उनले प्रतियोगिताको ग्रान्ड फिनाले असोज २८ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजना गरिने जनाए । प्रतियोगिताको पहिलो चरणको अडिसन श्रावण १७ गते नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेशनल होटलमा सम्पन्न हुने र त्यसपछि छनोट भएकाहरूलाई विभिन्न प्रशिक्षणमार्फत फिनालेसम्मको यात्रा तय गराइने बताइएको छ ।
यस प्रतियोगितामा सहभागी हुनको लागि उचाइ र तौलको कुनै मापदण्ड राखिएको छैन । इच्छुक प्रतियोगीहरूले न्यूनतम एस.एल.सी. उत्तीर्ण हुनुपर्ने छ । विवाहित महिला मात्र नभई दम्पत्य सम्बन्ध विच्छेद तथा एकल महिलाहरूले पनि यो प्रतियोगितामा फाराम भर्न सक्ने छन् । आवेदन फारम खल्ती एप
वा रिबन इन्टरटेनमेन्टको आधिकारिक वेबसाइटमार्फत भर्न सकिने छ । सोही मञ्चबाट मिसेस नेपाल वल्र्डसँगै ८ औ संस्करणको मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधिका विजेता पनि घोषणा गरिनेछ । विजेता मिसेस नेपाल वल्र्डले आगामी वर्ष अमेरिका हुने मिसेस वल्र्ड २०२५ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन् ।
विगत वर्षहरूमा मिसेस नेपाल वल्र्डको उपाधि पाउने मध्ये २०२१ मा दिक्ष्या केसी, २०२३ मा पृथ्वीया थापा थिए । यस्तै २०२४ मा डेनिला कार्कीले यो उपाधि चुमेकी हुन् । विशेष रूपमा पृथ्वीया थापाले मिसेस वल्र्ड २०२३ मा नेपालको प्रतिनिधित्व गर्दै ‘ह्युम्यानिटेरियन अवार्ड’ प्राप्त गरेकी थिइन्, जुन नेपालको लागि गौरवको विषय बनेको थियो ।यो प्रतियोगिताका अफिसियल कोरियोग्राफर आश्विनी कान्त झाले मिसेस नेपाल वल्र्डलाई केवल राष्ट्रिय सीमाभित्र सीमित नराखी अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन विशेष योजना बनाइएको उल्लेख गरे । उनका अनुसार, “हामीले यो प्रतियोगितालाई विश्व स्तरमा स्थापित गर्नका लागि आवश्यक पूर्वाधार र अन्तर्राष्ट्रिय समन्वयमा विशेष ध्यान दिएका छौं । अमेरिका लगायतका देशमा रहेका नेपाली समुदाय र साझेदार संस्थासँगको समन्वयमार्फत हाम्रो उद्देश्य नेपालको पहिचानलाई अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा अझ मजबुत बनाउनु हो ।” उनले यसपटकको तयारीलाई मिसेस नेपालको अन्तर्राष्ट्रिय उचाइमा डोहो¥याउने ऐतिहासिक अवसरका रूपमा व्याख्या गरे ।
रिबन इन्टरटेनमेन्ट प्रा.लि.ले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि महिलाहरूलाई आत्मविश्वास, सीप र व्यक्तित्व विकासमा सहयोग पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गरेको हो । मिसेस नेपाल वल्र्ड २०२५ को नृत्य कोरियोग्राफी सन्दीप भुजेलले सम्हाल्ने छन् । आईना गजुरेल सहायक कोरियोग्राफरको रूपमा रहने छिन् । प्रतियोगिताको समन्वय सम्राट शाह र गंगा महर्जनले गर्नेछन् । प्रशिक्षक टोलीमा सञ्चार, सौन्दर्य, नेतृत्व विकास, व्यक्तित्व निर्माण तथा सामाजिक उत्तरदायित्व सम्बन्धी विभिन्न विधाका विज्ञहरूको सहभागिता रहनेछ । प्रतियोगिता अवधिभर विभिन्न क्षेत्रका विज्ञ प्रशिक्षकहरूद्वारा व्यक्तित्व विकास, प्रस्तुति कला, आत्मविश्वास अभिवृद्धि, सञ्चार सीप लगायतका विषयमा विशेष प्रशिक्षण प्रदान गरिनेछ ।












