देशको राजधानी भनेको त्यस्तो प्रमुख सहर हो,जहाँ कुनै राज्यको केन्द्रीय सरकार हुन्छ भने राजधानी सुविधा सम्पन्न हुनेगर्छ । राजनिती भनेको सत्तामा आफ्नो नियन्त्रण बनाउने एक प्रक्रीया हो र विद्यार्थी भनेका ज्ञान आर्जन गर्नका निम्ति खटिने जमात युवा हुन । राजधानी राजनीति र विद्यार्थी एकआपसमा अन्तरसम्बन्ध रहेका मुख्य कुरालाई जोड्नुको पछाडि ठूलो रह्स्य लुकेको छ। प्राय विध्यार्थी आफ्नो मौका र भाग्य खोज्न राजधानी पस्ने गर्छन तर राजधानी पस्दै गर्दा खराब राजनितीको सिकार भएको पनि देखिन्छ।
हाम्रो देश नेपालमा बर्तमान समयमा गरिबीको रेखाको संग संगै चलेको देखिन्छ भने समग्र मुलुक भित्र दुर्गम गाउँहरु अटाएका छन ति दुर्गम गाउँबाट आफ्नो अथवा आफ्नो परिवारको भविस्य उज्ज्वल पार्नेको लागी थुप्रै युवा विद्यार्थीहरु राजधानी पस्ने गर्छन ।घर परिवार गरिबीका कारणले गर्दा पनि आफ्नो जिवनस्तरको सुधार गर्ने आश र विश्वासका साथमा देशको प्रमुख सहरमा आफ्ना सपनाहरू लाई साकार पार्नेको लागी घरपरिवारको जिम्मेवारीका साथमा लम्कन्छ्न यधपी त्यसमा कतिपय आफ्नो भविस्य उज्ज्वल र सपना साकार पार्छन त कतिपयले आफुलाइ राजनितीक दलका गुलाम बनि बस्नुपर्ने स्थितिको सृजना भैदिन्छ। देशको राजधानी आउँदै गर्दा थुप्रै अवसर एवं मौका मिल्छ भन्ने हरेक विद्यार्थीमा आशा हुन्छ र आफ्नो अध्ययनलाई अघि बढाउन विद्यार्थी हरु थुप्रै क्याम्पहरुमा भर्ना हुने गर्दछन गरिबी र पारिवारीक समस्याका कारणले प्राय विद्यार्थीहरुले सरकारी क्याम्पस रोज्न अन्त्य बाध्य हुन्छन किनकी प्राइभेट कलेजहरुमा भर्ना गर्नेको लागि मात्र लाखौं रुपैया तिर्नुपर्ने हुदा आफ्नो हैसियतले त्यत्रो आर्थिक बोझ उठाउन नसक्दा सरकारी क्याम्पस पढ्न बाध्य हुन्छ्न र यहाँबाट बिद्यार्थीहरुले पुर्न अर्को राजनैतिक सिकारको सामना गर्नुपर्ने हुन्छ ति सरकारी क्याम्पसमा पढाइको साटाे गलत राजनैतीक चलखेलका कारणले गर्दा विद्यार्थीहरु पिडित हुनपुग्छन्।
लामो समयसम्म विद्यार्थीको हक र हितकालागि लड्ने विद्यार्थी सङ्गठनहरु विद्यार्थीको समस्या समाधान गर्ने खासै सक्रीय देखापरेका छैनन सहि सक्रीयताको साटो राजनितीक दलको स्वार्थ अनुकूल राजनैतिक भाषा मात्रै बोलेको पाइन्छ भने ठुला राजनितीक दलले विद्यार्थी सङ्गठनलाई आफ्नो अधिनमा राखेर कार्यकर्ता उत्पादन गर्ने फ्याकट्रि सरह प्रयोग भएको देखिन्छ। राजनैतिक दल अनुकुल हुने आन्दोलन,कोणसभा जस्ता थुप्रै राजनितिक गतिविधि गर्नका निम्ति विद्यार्थीहरुलाई सडकमा उतारिन्छ र आफू अनुकुल प्रयोग गरि उनिहरुको हात छाेड्दिने जस्ता कु-राजनितीक संस्कार पनि देखा परेका छन भन्दा दुइमत नहोला जस्को कारणले विद्यार्थीहरु यता न उता हुने परिस्थितिमा पुग्छन । विद्यार्थीहरुको गाउँमा आमाबुवाले ऋणपान लिएर छाेरा/छाेरी पढाेस भनेर राजधानीमा पठाएको कुरा किन बुझ्न चाहन्न यो गम्भीर प्रश्न रहेको छ..?के विद्यार्थीलाई राजनितीक प्रयोगशालामा प्रयोग पश्चात उनिहरु राजनैतिक चपेटामा परेर प्राय विद्यार्थीहरु रित्तै आफ्नो ठाउँ फर्कनेगर्छन्।
राजधानीको थुप्रै सरकारी क्याम्पसहरुमा आफुलाइ विद्यार्थीहरुको नेताको रुपमा परिभाषित गरेका नेता हु भन्नेले आफ्नो शैक्षिक गतिविधि अस्तव्यस्त पारेको हाम्रो अगाडि देख्न पाइन्छ। चार बर्षमा पुराहुने स्नातक तहको कोर्सलाई ९-१० बर्ष लगाएको शैक्षिक बेथिति हामी विद्यार्थीहरुले भोगेका छौ जस्का कारणले विद्यार्थीहरुको समयको बर्बाद भइ उनीहरुको अवस्था घरको न घाटको स्तिथीमा पुग्दछ। राजनिती के-का लागि र कस्का लागि भन्ने विषयको चेत युवा विद्यार्थीहरु देखि वृद्ध देशका नागरिकहरु सम्ममा हुन आवश्यक छ। विद्यार्थीको नेतृत्व गर्ने विद्यार्थी सङ्गठनले विद्यार्थीहरुको आवाज बन्न जरुरी छ नकि कुनै राजनितीक दलको कार्यकर्ता उत्पादन गर्ने फ्याकट्रि युवा विद्यार्थीले आफुमा नेतृत्व क्षमताको विकास गरेर राष्ट्र हितको लागि सदुपयोग भएर राष्ट्र निर्माण गर्न अभियानमा आफ्नो पाइला सार्नुपर्छ ।







