भदौ १९, काठमाडौ/बागमती अन्लाईन खबर
आज कामपा १५ मा नेकपा एसको बृहत कार्यकर्ता भेटघाट तथा भेला आयोजना भएको छ। उक्त कार्यक्रम प्रमुख अतिथि नेकपा एकिकृत समाजवादी पार्टी केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य माननीय जीवन राम श्रेष्ठकाे उपस्थितिमा नेकपा एकिकृत समाजवादी पार्टी कामपा १५ वडा कमिटीकाे कार्यकर्ताहरूसंग भेटघाट एवम् भेला कार्यक्रम गरिएको हो । 
वडा स्तरिय भएको कार्यक्रममा राजा शाक्यकाे अध्यक्षतामा उक्त कार्यक्रमबाट नेकपा एकीकृत समाजवादी पार्टी १५ वडा कमिटीमा राजा शाक्यकाे नेतृत्वमा ४७ सदस्यीय कमिटी गठन गरिएको थियो । 
उक्त कार्यक्रममा प्रदेश कमिटी सदस्य तथा महानगर संयोजक रामेश्वर श्रेष्ठ, प्रदेश कमिटी सदस्य तथा कामपा १५ वडाका अध्यक्ष एवम कामपा प्रवक्ता समेत रहेका ईश्वरमान डंगाेल,काठमाडौ जिल्ला सदस्यहरु मैयाँ लक्ष्मी महर्जन, भिमसेन राजवक, अमर रन्जित लगायतको उपस्थितमा कार्यक्रम भब्य समापन गरिएको थियोे ।







