राष्ट्रिय स्वतन्त्र पार्टी की सांसद तोसिमा कार्कीले सामाजिक संजालमा आफ्नो एक अभिव्यक्ति दिदै पार्टी विभाजन हुने हल्ला मात्र भएको बताएकी छिन उनले रास्वपा फुट्ने कल्पना नगर्न भनी अपिल गरेको हो।
आफूहरूको लक्ष्य ठूलो भएको उल्लेख गर्दै कार्कीले २०८४ को निर्वाचनमा रास्वपाले महुमत ल्याउने पनि दाबी गरेकी छन् ।
उनी लेख्छिन “के रे के रे ? फुट्ने रे ? कल्पना पनि नगर्नुस्, हुँदैन हामी त्यसो हुनै दिँदैनौँ । साना लक्ष्यले जुट्या पार्टी हैन, देश बनाउने पार्टी हो, देश बनाउने,’ सांसद कार्कीले फेसबुकमा लेखेकी छन्, ‘८४ त हुन्छ हुन्छ, हुनैपर्छ । जनताले देशभित्रै सम्भावना र समृद्धि देख्न पाउनै पर्छ, साना दौडमा हिँड्या होइनाैँ, देश बनाउन हिँड्या हौँ ।”सबैले आ–आफ्नै व्याख्या प्रतिव्यख्या गर्नुभएछ ! विधिको शासन देशमै छैन हजुर ! सरकारमै छैन, स्वास्थ्यमन्त्रीको हर्कतमा छैन, न्यायालयमै छैन । निराश नहुनुस्, सबै ठाउँमा हामी त्यो स्थापित गरेरै छाड्छौँ,’ उनले सामाजिक संजाल फेसबुकमा यस्तो लेखेकी हुन ।







