वर्तमान समयमा यो सरकार ढाल्न विभिन्न कसरत भैरहेको प्रधानमन्त्रीको दावी गरेका छन ।
सोमबार एक कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले रातदिन विभिन्न किसिमले गठबन्धन तोड्ने, सरकार ढाल्ने अर्को बनाउने कसरत भइरहेको बताएका छ्न ।
प्रधानमन्त्री दाहाल भन्छन “अहिले रातदिन विभिन्न किसिमले गठबन्धन तोड्ने, सरकार ढाल्ने अर्को बनाउने के-के भन्ने त रातदिन एकथरीको खेल कसरत भइनै रहेको छ ।
तर मैले हेर्दा र गठबन्धनका बैठकहरू सबै गर्दा केही हुनेवाला छैन । यो गठबन्धन पूरै अवधि जान्छ । अब एक वर्षको समीक्षा गर्नै र अर्को एक वर्षको निम्ति नयाँ रणनीतिबारे सोच्ने बेला आएको छ ।”
सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।







